नयाँ खबर
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एजुकेशन फाउन्डेसनले शैक्षिक क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास गर्न, नयाँ ज्ञान तथा विचारको आदानप्रदान गर्न र विद्यार्थी तथा शिक्षकलाई अनुसन्धानतर्फ प्रेरित गर्ने उद्देश्यले शनिबार र आईतबार ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन’ गर्न लागेको हो ।

फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको छ । पत्रकार सम्मेलमा प्लस टु संयोजक राजेश भण्डारीले अनुसन्धान विश्वविद्यालयका लागि मात्र महत्वपूर्ण नभई शिक्षक विद्यार्थी विद्यालयहरुका लागि पनि महत्वपूर्ण हुने बताए । सम्मेलनमा राष्ट्रिय अन्तराष्टिय स्तरका व्यक्तित्वहरुले जजमेन्ट गर्ने उनले बताए । उनले विद्यार्थीहरुको पहिलो चरणको अनुसन्धान भएकाले अन्तराष्ट्रिय स्तरका व्यक्तित्वहरुको सल्लाहसुझाव महत्वपूर्ण हुने बताए । सम्मेलनलाई सिरिजकोरुपमा प्रत्येक बर्ष निरन्तर अगाडि बढाउने फाउण्डेसनको योजना बनाएको छ ।

फाउण्डेसनका प्रवन्ध निर्देशक डा. लक्ष्मण बस्नेतले सम्मेलनको मोडालिटिबारे जानकारी दिदै पहिलो चरणमा विद्यार्थीहरुले दैनिकजीवनमा आउने विभिन्न समस्याका समाधान आफ्नो अनुसन्धानमा आधारित प्रस्तुति दिने १२ स्टल राखिने बताए । उनले स्टलमा एक एक जना मेन्टर र १० देखि १२ जना विद्यार्थीहरुको उपस्थिति रहने बताए ।
त्यसैगरी दोस्रो चरणमा १२ जना प्रोजेक्टर रहने र उक्त चरणमा विद्यार्थीहरुले वैज्ञानिक तवरले समाधान खोज्ने र उक्त प्रस्तुति सुप विश्वविद्यालयका प्रोफेसर तथा भारत, अमेरीकाबाट आएका अनुसन्धान विज्ञका अगाडि प्रस्तुति दिने बताउनुभयो ।

उनले अर्को चरणमा प्यानल डिस्कसन राखिएको बताए । प्यानल डिस्कसलमा पाच जना विद्यार्थीले अहिलेको अनुसन्धान ढाचाँ र ट्रेण्डबारे डिस्कसन गर्ने जानकारी दिए ।
सम्मेलनमा प्रत्येक दिन ६ वटा पेपर प्रजेन्टर, १६ वटा पोष्टर माडेल प्रजेन्टसन र एक वटा प्यानल डिस्कसन रहने निर्देशक डा. बस्नेतले बताए ।
‘सम्मेलनका लागि विद्यालयले यस अघि एक सय ८० विद्यार्थीलाई विभिन्न विषयमा अनुसन्धान गर्न लगाएको थियो । तीमध्ये छनौट गरी सम्मेलनमा उत्कृष्ठ २८ आर्टिकल सहित विभिन्न क्षेत्रका अनुसन्धानकर्ता र विज्ञले अनुसन्धान पेपर प्रस्तुति गरीनुका साथै प्रकाशित गरीनेछन् ।
सम्मेलनमा १६ स्टल राखिने जानकारी दिइएको छ । त्यसमा १० देखि १२ विद्यार्थी हुने छन् । सम्मेलनमा १२ जनाले अनुसन्धान सम्बन्धि प्रस्तुति दिने छन् ।
सुदूरपश्चिम विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय र भारतका बायो टेक्नोलोजीका प्राध्यापक सम्मेलनमा विज्ञकारुपमा सहभागी हुने भएका छन् ।
सम्मेलनमा सार्कका कक्षा ७, ८, ९, ११ र १२ का विद्यार्थीमध्येबाट सहभागी हुन लागेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।