Advertisement

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो ।
भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन ।

धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ ।

एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीको उपचारका लागि जिल्लाकै जेठो पालिकाले आर्थिक सहयोग गर्ने निर्णय अनुरुप खातामै रकम जम्मा गर्ने जनाएको छ ।
अपिटुटे दैनिक, अपिनम्पा साप्ताहितका संचालक समेत रहेका पत्रकार धामी दुई दशकदेखि पत्रकारितामा सकृय छन ।
भीमदत्त नगरका मेयर पदम बोगटीले जनतालाई सुचनाका हक अधिकारका लागि अहोरात्र खटिने पत्रकारलाई उपचार गर्न अभाव भएपछि पालिकाले अभिभाविकीय रुपमा भूमिका निर्वाह गरेको बताए । काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका मेयर बोगटीले समाजका लागि निःस्वार्थ भएर खटिने पत्रकार उपचारका लागि सहयोग गरेका छन । नेपाल पत्रकार महासघ, प्रेस यूनियन, प्रेस सेन्टर र प्रेस चौतारी सहितका पत्रकार संघ संगठनहरुले धामीको उपचारार्थ सहयोगका लागि जिल्लाका पालिका सरकार सहित स्वदेश तथा विदेशमा रहेका आम नेपाली महानुभावहरुलाई सक्दो उपचार सहयोगका लागि अपिल गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज