नयाँ खबर
महेन्द्रनगर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक दर्शन खड्का सम्मानित भएका छन् । बिहिबार औपचारीक कार्यक्रम गरी वडा प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक दर्शन खड्कालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानित गरेको हो ।

२०८३ साल भाद्र महिनाको ुउत्कृष्ट प्रहरीु घोषित भएका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले प्रशंसा पत्र प्रदान गरेका छन् ।
प्रहरी निरीक्षक खड्कालाई कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहमा गरेको योगदानका आधारमा भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।