Advertisement

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर – सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’ सार्वजनिक गरिएको छ।
कञ्चनपुरको भीमदत्तनगर–३ महेन्द्रनगर स्थित ममताज काजबारले  पत्रकार सम्मेलन गरी सुप थालि सार्वजनिक गरिएको हो । सुप थालीमा बटुक, माणा, डूब्का, फापरको रोटी, गौतानि, भाङको चट्नी लगायतका विभिन्न सुदूरपश्चिमेली परिकार हुने ममताज काजबारका प्रबन्ध निर्देशक धिरज चन्दले बताए ।
नेपाली खानपानको बजारमा थकाली र नेवारी खानाको व्यापक चर्चा भइरहेका बेला सुदूरपश्चिमका ऐतिहासिक तथा सांस्कृतिक परिकारलाई समेत पहिचान दिलाउने उद्देश्यले ‘सुप थाली’ ल्याइएको उनले बताए । प्रबन्धक चन्दले खानालाई पेट भर्ने माध्यम मात्र नबनाई भूगोल, संस्कृति र पहिचानको संवाहकका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।
‘सुप थाली’मा सुदूरपश्चिमको पहिचान बोकेका डुक्का, माडा, फापर तथा कोदोको रोटी, गट्टानी तथा स्थानीय जातका पोपिला गेडागुडी समावेश गरिएको जनाइएको छ।
त्यस्तै, स्वाद र सुगन्धका लागि जिम्बु, टिमुर, भाङको छोप तथा पहाडी तोरीको तेल जस्ता मौलिक मसला तथा सामग्रीको परम्परागत संयोजन गरिएको छ।
थालीमा कृत्रिम रङ तथा हानिकारक रसायनरहित परिकार प्रयोग गरिएको छ। फलाम तथा काँसका भाँडामा परम्परागत विधिबाट पकाइने भएकाले परिकार पौष्टिक र पाचनीय हुने दाबी गरिएको छ।
‘सुपा थाली’लाई सुदूरपश्चिमको खानाको थाली मात्र नभई बझाङ, बाजुरा, दार्चुलादेखि कञ्चनपुरसम्मको पहाडी जनजीवन, संस्कार र आतिथ्य सत्कारको प्रतिनिधित्व गर्ने परिकारका रूपमा प्रस्तुत गरिएको छ।
सुदूरपश्चिमको लुकेको पाककला, संस्कृति र स्वादलाई देश–विदेशमा पुर्‍याउन सुप थालिले महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज