Advertisement

कञ्चनपुरमा धान खरिद सुरु

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद सुरुगरीएको बताए ।
कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टल मात्र धान खरिद गर्ने उनले बताए । “यस वर्ष हामीले पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्छौँ”, उनले भने, “पछि आवश्यकता अनुसार थप हुनसक्छ ।” विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्य संस्थानले यसपटक धान खरिद गर्ने लक्ष्य घटाएको हो । संस्थानले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य तोकेको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज