Advertisement

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८१औँ महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी हुदैछन् । युनिसेफ नेपालकी युवा अधिवक्तासमेत रहेकी कँडेलले बाल अधिकार, किशोरी सशक्तीकरण तथा युवाका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाएसंगै उनी आज शुक्रबार अमेरीका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्र संघको ८१औँ महासभा सन् २०२६ सेप्टेम्बर २१ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदैछ । महासभासँग सम्बन्धित ‘युनाइटेड नेसन्स विक’ का विभिन्न कार्यक्रममा कँडेलले युनिसेफ नेपालको युवा अधिवक्ताका रूपमा सहभागिता जनाउनेछिन् ।

बाल अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता र प्रतिबद्धताका आधारमा कँडेललाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएको हो ।
न्यूयोर्कमा रहँदा उनले विश्वका विभिन्न देशका युवासँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै विभिन्न साइड इभेन्टमा नेपालको तर्फबाट आफ्ना अनुभव, विचार र दृष्टिकोण प्रस्तुत गर्नेछिन् ।

उग्रतारा बाल विद्यालयले बिहीबार विशेष कार्यक्रम आयोजना गरी सफल यात्रा तथा प्रभावकारी सहभागिताका लागि शुभकामनासहित विदाई गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टले स्वर्णीमाको अन्तर्राष्ट्रियस्तरको सहभागिता विद्यालयका लागि गौरवको विषय भएको बताए । उनले स्वर्णीमाले विद्यालयसँगै बेलौरी र कञ्चनपुरको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णीमाको यो अन्तर्राष्ट्रिय सहभागिताले विद्यालय, बेलौरी र सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नो प्रतिभा, क्षमता र आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज