Advertisement

उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाताकोरुपमा सम्मानित, दुई करोड १५ लाख २३ हजार १७५ रुपया राजश्व बुझायो

महेन्द्रनगर – कञ्चनपुरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाता घोषित भएको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले आर्थिक बर्ष २०८१/०८२ मा सबैभन्दा बढि कर तिरेको भन्दै उदयदेव बहुउदेश्यीय सहकारी संस्थालाई उत्कृष्ठ करदाता घोषणा गर्दै सम्मान गरेको हो ।
आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले सोमबार राष्ट्रिय कर दिवस ०८२कोे अवसरमा औपचारीक कार्यक्रमको आयोजना गरी सहकारी संस्थालाई सम्मानपत्र हस्तान्तरण गरेको छ ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरकोे तथ्याङ्क अनुसार जिल्लाभरीमा ३३ हजार करदातामध्ये गत आर्थिक बर्ष ०८१/०८२मा उदयदेव बहुउदेश्यीय सहकारीले सबैभन्दा बढी कर बुझाएको छ ।
गत आर्थिक बर्षमा उदयदेव सहकारीले सबैभन्दा बढी कर बुझाएकाले उत्कृष्ट सहकारी घोषणा गरी सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विजय भुसालले बताए । उनका अनुसार सहकारीले २ करोड, १५ लाख २३ हजार १७५ रुपैया कर बुझाएको छ ।
सहकारीले पारिश्रमिक समाजिक सुरक्षा बाफत १५ लाख ७५ हजार ७६, बैठक भत्ता ९९ हजार ९ सय, व्यक्तिगत एकलौटी तथा प्रालि कर ४६ हजार २ सय ५०, ब्याज कर ७६लाख २९हजार १सय १, लाभान्स कर १८ लाख ३३ हजार २ सय ८, घर बहाल कर १ लाख ५६ हजार ९ सय ६, गत आर्थिक बर्ष ०८१/०८२ को आय कर १ करोड १ लाख ६७ हजार ९ सय ६८ रुपैया कर तिरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सहकारीका अध्यक्ष नारा जोशीलाई प्रमाण पत्र पत्र हस्तान्तरण गरेका थिए ।
कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले जेनजी आन्दोलनपछि राजनैतिक संक्रमणले करदाता व्यवसायीहरुमा त्रास उत्पन्न भएकाले लगानीको वातावरण सृजना हुन नसकेको बताए ।
उनले राष्ट्रिय पुँजि निर्माणका लागि व्यवसायलाई सुरक्षा प्रदानमा जोडदिएका छन । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष नारा जोशीले सम्मानले थप समाजिक, आर्थिक क्षेत्रमा सहकारीलाई काम गर्ने जिम्मेबारी बोध गराएको बताईन । उदयदेव सहकारी संस्था लि सुदूरपश्चिममै नमुना कार्य गर्दै आईरहको छ ।
सहकारीको तथ्याङ्क अनुसार संस्थाले विगत २६ वर्षदेखि सुदुरपश्चिममा सहकारी क्षेत्रमा योगदान दिंदै लगानी र निक्षेप संकलन वृद्धिमा निरन्तर प्रगति गर्दै आएको छ । हालसम्म संस्थाका २६ हजार २१८ सदस्य छन् ।
सहकारीले गत आर्थिक वर्षसम्म १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९४ रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१२ प्रतिशतले बढी हो । त्यस्तै, १ अर्ब ६३ करोड ३० लाख १७ हजार ४४८ रुपैयाँ ऋण लगानी गरिएको छ, जसमा ७.४५ प्रतिशत वृद्धि भएको छ ।
गत आर्थिक वर्ष ०८१/०८२ मा सहकारीले २९ करोड ३३ लाख ८१ हजार ६०६ रुपैयाँ नाफा कमाएको थियो । खर्च कटौती तथा कर्जा नोक्सानी व्यवस्थापनपछि ३ करोड ७५ लाख ९२ हजार ११७ रुपैयाँ शुद्ध नाफा आर्जन गरिएको हो। सहकारीले यस अवधिमा २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ कर विभिन्न शीर्षकमा भुक्तानी गरेको छ ।
सहकारीले कृषि, व्यवसाय, औद्योगिक र हाउजिङ्ग क्षेत्रमा लगानी गर्दै आएको छ । साथै, ४ हजार ६२० सदस्यको कर्जा बीमा गरेर ३२ लाख ७० हजार ७५० रुपैयाँ क्षतिपूर्ति प्रभावित परिवारलाई उपलब्ध गराएको जनाएको छ ।
चालु आर्थिक वर्ष ०८२/०८३ का लागि सहकारीले ३ खर्ब १ करोड २० लाख १३ हजार ७२६ रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दका अनुसार सहकारीले महेन्द्रनगरसहित दोधारा–चाँदनी, दैजी, झलारी, कृष्णपुर, बेलौरी, कैलालीको अत्तरिया, डडेल्धुरा र बैतडीमा शाखा मार्फत कारोबार भइरहेको छ ।
सहकारीले कृषि प्रवद्र्धन केन्द्र, कस्टम हायरिङ सेन्टर, बीउ–बिजन प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ । पछिल्ला बर्षहरुमा सहकारीहरु आर्थिक रुपमा घोटालादेखि बदनाम भईरहेका बेला उदयदेव उत्कृष्ट करदातामा घोषित भएको छ । सहकारीसंस्थाहरुले पनि देश र समाजमा आर्थिक समुन्नत ल्याउन सक्छन भन्ने गतिलो प्रमाणका रुपमा यसलाई लिन सकिन्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज