Advertisement

अर्थ

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

samachar, अर्थ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो क्षति भएको थियो । बाढी पीडितलाई राहत, उद्धार तथा बेपत्ता नागरीकको खोजीका लागि होली फेमली स्कूल, होली ग्रुप अफ स्कूल, विद्यार्थी र अभिभावकले तिन लाख ३१ हजार ४ सय १६ रुपया सहयोग गरेका हुन् । होली फेमली स्कुलका संस्थापक भुपाल सिंहले बिष्टले दुई लाख, बिद्यार्थीहरुले संकलन गरी ३७ हजार ७ सय ८२, शिक्षक कर्मचारीबाट ५६ हजार ४ सय ६, खडक सिंह बिष्टले १० हजार र बिद्यालयका संचालक हरि भट्टले २७ हजार २ सय १६ रुपया सहित तिन लाख ३१ हजार ४ सय १६ रुपया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरेका छन् । होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले सहयोग रकम प्याब्सन मार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा सहयोग रकम ...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’ सार्वजनिक गरिएको छ। कञ्चनपुरको भीमदत्तनगर–३ महेन्द्रनगर स्थित ममताज काजबारले  पत्रकार सम्मेलन गरी सुप थालि सार्वजनिक गरिएको हो । सुप थालीमा बटुक, माणा, डूब्का, फापरको रोटी, गौतानि, भाङको चट्नी लगायतका विभिन्न सुदूरपश्चिमेली परिकार हुने ममताज काजबारका प्रबन्ध निर्देशक धिरज चन्दले बताए । नेपाली खानपानको बजारमा थकाली र नेवारी खानाको व्यापक चर्चा भइरहेका बेला सुदूरपश्चिमका ऐतिहासिक तथा सांस्कृतिक परिकारलाई समेत पहिचान दिलाउने उद्देश्यले ‘सुप थाली’ ल्याइएको उनले बताए । प्रबन्धक चन्दले खानालाई पेट भर्ने माध्यम मात्र नबनाई भूगोल, संस्कृति र पहिचानको संवाहकका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए । ‘सुप थाली’मा सुदूरपश्चिमको पहिचान बोकेका डुक्का, मा...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको तीज विशेष कार्यक्रमबाट संकलित रकम बाढीपीडितका लागि सहयोग गरिएको छ।   भदौ २८ र २९ गते दुई दिन सञ्चालन भएको तीज विशेष कार्यक्रममा स्थानीय तथा सहभागीहरूबाट कुल ५८ हजार ६९२ रुपैयाँ संकलन भएको थियो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका क्रममा २७ हजार ३० रुपैयाँ खर्च भएको थियो। खर्च कटाएर बाँकी रकममध्ये ३१ हजार ५०५ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको हो।   संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ। पछिल्लो समय विपद्का कारण प्रभावित भएका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले कार्यक्रमबाट प्राप्त रकम सामाजिक सेवामा प्रयोग गरिएको हो।   स्थानीय युवाहरूले तीज पर्वलाई केवल मनोरञ्जन र सां...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र दैजी सेवा केन्द्रको संयुक्त रुपमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको अध्यक्षता एबं जेष्ठ शेयर सदस्य हिरा देवी जोशीको प्रमुख आतिथ्यतामा १३औं साधारण सभा सम्पन्न गरिएको हो । ब्रह्मदेव, दोधारा सेवा केन्द्रको बुधबार र धनगढी, बेलौरी सेवाकेन्द्रको साधारण सभा शनिबार सम्पन्न गरिएको थियो । साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रघुनाथ ओझाले प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४१ लाख ६१ हजार एक सय रुपैयाँले बढेर ७ करोड ३७ लाख ८३ हजार एक सय रुपैयाँ पुगेको छ । सहकारीको संस्थागत पूँजी ५ करोड ३९ हजार ६ सय ३७ रुपैयाँ रहेको छ । निक्षेपमा पनि सहकारीले प्रगति गरेको देखिएको छ । प्रतिवेदनमा अघिल्लो वर्षको निक्षेपभन्दा झण्डै ५ क...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका वडा नं १२ स्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा रु. ६३ हजार ८ सय १ रुपया सहयोग गरेको छ। भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बुधबार सहकारीले उक्त सहयोग गरेको हो। संस्थाका अनुसार विपद्बबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनाका लागि सञ्चालक समिति र कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। संस्थाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेक...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। संस्थाले आफ्नो वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत रहेको ‘प्राकृतिक प्रकोप राहत’ शीर्षकबाट प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। संस्थाका अध्यक्ष रघुनाथ ओझाद्वारा जारी विज्ञप्तिमा रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। विज्ञप्तिमा घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र सहज जीवनयापनको कामना गरिएको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस...
आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।    मुलुकमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले मल्लले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद तथा संकटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड–१९ महामारीका बेला समेत मल्लले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महामारीका क्रममा भारतबाट गड्डाचौकी नाकाहुँदै नेपाल प्रवेश गर्ने नागरिकका लागि भोजनको व्यवस्था गर्न पनि उहाँले सहयोग गर्नुभयो ।  उहाँले प्रतिष्ठान मार्फत विभिन्...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपालिका–१, भासीस्थित जेसिज माध्यमिक विद्यालयमा स्थापना गरिएको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) प्रयोगशालाको उद्घाटन गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आ.व. २०८२/८३ को वार्षिक बजेटअन्तर्गत विनियोजित १० लाख रुपैयाँको लागतमा विद्यालयमा आइसिटी स्थापना गरिएको हो। विद्यालयका प्रधानाध्यापक लक्ष्मण गिरीका अनुसार पूर्वमुख्यमन्त्री रावलको पहलमा उक्त बजेट विनियोजन भएको हो। आइसिटी प्रयोगशाला स्थापनापछि विद्यार्थीको सिकाइलाई प्रविधिमैत्री बनाउन तथा डिजिटल माध्यमबाट अध्ययन–अध्यापन गर्न सहज हुने उहाँले बताउनुभयो। प्रयोगशालामा कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्डलगायतका डिजिटल सामग्री राखिएका छन्। उद्घाटन समारोहको सञ्चालन शिक्षक खेमलाल घिमिरेले...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पहिरो वर्षादमा बढ्न थालेपछि बस्ती, खेतीयोग्य जमिन, सडक तथा खानेपानीका संरचना जोखिममा परेका छन्। स्थानीय नरेश बोहराका अनुसार २०७८ साल कात्तिकदेखि वर्षायाममा निरन्तर बग्दै आएको पहिरो यस वर्ष साउन २६ गते साँझ करिब ७ बजेदेखि थप सक्रिय भएको हो। पहिरो गाउँको मध्यभागबाट खस्न थालेपछि स्थानीयवासीको घर तथा खेतीयोग्य जमिन जोखिममा परेको छ। पहिरोका कारण उद्धव बोहराको घर विस्थापित भइसकेको उनले बताए । त्यसैगरी रामसिंह बोहरा, मीना बोहरा, धन्वा बोहरा, गम्भीरसिंह बोहरा, कृष्ण बोहरा र चक्र बोहराको घरसमेत पहिरोको जोखिममा परेको छ। पहिरोले स्थानीयको करिब ५०–६० रोपनी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। कैलास बोहरा, नरबहादुर बोहरा, भनुवा बोहरा, सलेन्द्र बोहरा, जयसिंह बोहर...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्र्तगत गतबर्षबाट समयमा सदस्यता नविकरण गर्ने सदस्यको एक लाखको दुर्घट्ना विमा निशुल्क गर्दै आएको छ । यस बर्ष समयमा नविकरण गर्ने सदस्यको निशुल्करुपमा दुई लाख सम्मको दुर्घट्ना विमा गरीने भएको हो । व्यवसायीको हकहितमा आवाज उठाउदै संघले बीमा गर्नका लागि बीमा कम्पनी छनौट प्रक्रिया सुरु गरेको सचिव राहुल भट्टले बताए । उनले किफाईती र संघको उदेश्यसित मेल खाने कम्पनी छनौटका लागि कोटेसन आव्हान गरिएको बताए । बाणिज्य संघमा बुधबार आयोजित कार्यक्रममा दुई लाखको बीमा गर्ने तयारीबारे जानकारी दिइएको छ । संघका अध्यक्ष दिनेश मल्ल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, सचिव् राहुल भट्ट, सह सचिव एनपी जोशी सह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज