Advertisement

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई गरेको छ । शुक्रबार मन्त्रालयले मन्त्रालय परिसर, मुख्यमन्त्री निवास वरपर रहेको झाडी तथा फोहोर सरसफाई गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको अगुवाइमा गरिएको सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट(सरल), राज्यमन्त्री जानकीदेवी कुँवरको सहभागिता रहेको थियो ।

 

सरसफाईमा सहभागी मुख्यमन्त्री भट्टले जनताको सेवा गर्ने कार्यालय कार्य सम्पादनका दृष्टिले मात्र नभइ आँखाले देखिने, कानले सुनिने तथा जनताले महसुस गर्ने हुनुपर्ने बताए ।

उनले भने ‘यहाँको झाडी हेर्दा सरकारी कार्यालय हो की,मसानघाट हो भन्ने अवस्था बनेको छ । यस्तो हुनु हुँदैन् ।’ त्यस्तै,मुख्यमन्त्री भट्टले नेपालको संविधान २०७२ जनताको अभूतपूर्व वलिदान,राष्ट्रिय सहमतिको जगमा शान्ति, अग्रगमन, लोकतन्त्रको सर्वोत्तम संस्लेषणका रुपमा निर्माण गरिएको बताए ।

उनले संविधानले राजनीतिक फोहर मिल्काउने तथा जनताको सर्वोच्चता स्थापित गर्ने गरेको उल्लेख गर्दै व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले प्रदेश सरकार अवस्था परिवर्तनको अभियानमा लागेको बताए ।

 

भौतिक पूर्वाधार विकासमन्त्री भाटले सेवाग्राही आउँदा मन्त्रालय परिसरमा बस्ने ठाउँ नभएकाले गार्डेन निर्माण गर्ने उदेश्यले सरसफाई गरिएको बताए ।

उनले भने ‘गत वर्षको जेनजी आन्दोलनमा मन्त्रालय भवन जलेको छ । अहिले मन्त्रालय राखिएको ठाउँमा सेवाग्राहीलाई बस्ने ठाउँ छैन् । बाहिर बस्दा लामखुट्टेले टोक्ने,सर्पको डर हुने अवस्था छ । यसलाई व्यवस्थित गर्नका लागि यो सरसफाई गरिएको हो ।’ उनले सरसफाई गरिएको क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गार्डेन बनाउने बताए ।

 

राज्यमन्त्री कुँवरले सरसफाई कार्यक्रमले आफ्नो ठाउँ,टोल आफै बनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको बताइन् । उनले सरसफाई युवाको उल्लेख्य सहभागिता रहेकाले अहिलेको सरकारसँग युवाहरुले केही अपेक्षा गरेको बताइन् । सरसफाई मन्त्रालयका कर्मचारी,स्थानीय युवालगायत २ सय जनाको
सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज