Advertisement

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

महेन्द्रनगर –कञ्चनपुरका ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि सामुदायिक सुरक्षा जालो मियो बन्दै गएको छ । राज्यले महिलाका हक अधिकारका लागि सम्वैधानिक व्यवस्था गरेपनि आफ्नै अधिकारबारे थाहा नभएका महिलाहरु यतिबेला आवाज उठाउने स्थानमा पुगेका छन ।

जिल्लामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना संचालन भएपछि महिलाहरु आफ्नो अधिकारका लागि सम्बन्धीत स्थानमा आवाज उठाउन थालेका हुन ।

 

आर्दश महिला समाज नेपालकी सदस्य समेत रहेकी भीमदत्त नगरपालिका २उल्टाखमकी स्थानीय महिला आनन्दी भट्टले सामुदायिक सुरक्षा जालो मार्फत महिलाहरुलाई आफ्ना अधिकार बारे बोल्न सिकाएको बताईन । ‘हामीलाई सामुदायिक सुरक्षा जालोले सम्बन्धीत निकायमा अधिकारका लागि मुद्दा उठान सिकाएको छ, ‘उनले भने, ‘हामीलाई गाँउघरमा आपत विपद पर्दा वडा, पालिका सहितका सरकारी, सार्वजनिक निकायमा धाउँछौँ ।’
भीमदत्त नगरपालिका १८ गोबरैयाकी स्थानीय हंसा विकले सामुदायिक सुरक्षा जालो मार्फत अधिकारसंगसंगै कर्तव्य निर्माणमा टेवा पु¥याएको बताईन । उनले हामी महिलाहरुले एकोहोरो अधिकार मात्रै होईन सामुदायकमा आत्मनिर्भरदेखि कर्तव्य निर्माण गर्न सिकाएको छ । आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले टेवा मार्फत संचालन भएको सामुदायिक सुरक्षा जालो कार्यक्रम मार्फत जिल्लाका ग्रामिण भेगका महिलाहरुको हक अधिकार, उनीहरुलाई तालिम, सीप सहितका कार्यक्रम संचालन गरिएको बताईन ।
‘हामीले महिलाहरुलाई अधिकार दिलाउन उनीहरुलाई सम्वैधानिक अधिकार बारे अभिमुखिकरण गरायौँ, ‘उनले भनिन, ‘यसका साथै आवश्यक सीप पनि सिकाएका थियौँ, सीप सिकेका महिला पनि अहिले आत्मनिर्भरदेखि अधिकारका लागि सरोकारवाला निकायमा आवाज उठान सक्ने भएका छन ।’ आगामी दिनमा पनि महिलाहरुको हक अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । आइतबार टेवा संस्था र आर्दश महिला समाज नेपालले महेन्द्रनगरमा पालिका स्तरीय सरोकारवालासग सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
कार्यक्रम बारे प्रकास पार्दै टेवा नेपालकी कार्यक्रम अधिकृती सरस्वती श्रेष्ठले अधिकारबाट बञ्चित भएका महिलाहरुलाई सीप सिकाउनेदेखि उनीहरुलाई आत्मनिर्भर बनाउने उदेश्य रहेकोे बताईन ।
अधिकारबाट बञ्चित रहेका महिलाहरुलाई सरोकारवालासंग लभिङ्गदेखि प्रत्यक्ष सम्वाद गराएर अधिकार दिलाउँदै लैङिक समान अधिकारका लागि पैरवी गर्दै आएको बताईन ।
कार्यक्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट आएका प्रतिनिधीहरुले संविधानदेखि महिलाहरुको हक अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट यस अघि कामकाज भईरहेकोे र भावि दिनमा समेत समेट्ने प्रतिबद्धता जाहेर गरेका छन ।
युवा हेमराज अवस्थीले जेनजी आन्दोलनको मर्म भावना अनुरुप हरेक क्षेत्रमा महिला सहभागिता गराउनुपर्ने आजको आवश्यकता रहेको औल्याएका छन । उनले युवाको भावना विपरित सरकार संचालन भएकाले बिद्रोह भएको दावि गर्दै, अझैपनि जेनजीको भावना समावेस गरिनुपर्नेमा जोडदिए । महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भगवती थापाले महिला हिन्साको मुल जड धुम्पान मध्यपान भएकाले सो न्यूनिकरणका लागि महिला अधिकारकर्मी मात्रै नभई सरोकारवाला जागरुक हुनुपर्नेमा जोडदिए ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष विष्णूदत्त अवस्थीले लैङ्गिक अधिकारका लागि संचार माध्यमबाटै उठान गर्दै आएको बताए । गैसस महासंघ जिल्ला अध्यक्ष लक्ष्मी बोहराले विभिन्न संघ संस्थाहरु मार्फत महिलाको न्याय अधिकारका लागि पहल भईरहेकोे बताईन ।
जिल्ला निर्वाचन आयोग कञ्चनपुरका प्रमुख हरिस जोशीले सबैलाई बलिक मताअधिकारका लागि कार्यालयका तर्फबाट आयोगको निर्देशन अनुुरुप नामदर्ता कामकाज भईरहेको बताए । ग्रामिण भेगका असक्त महिलाहरुलाई समेत समावेस गरिरहेको बताए । भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष शुशिल भट्टले महिला अधिकारका लागि वडा कार्यालयबाट कार्यक्रम संचालन गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले महिला अधिकार, महिलाको न्यायका लागि पालिकाबाट न्याय समितिदेखि अन्य प्रर्बद्धनात्मक कार्यक्रम संचालन गरिएको बताईन । ‘हामीले हिन्सामा परेका महिलाहरुलाई न्याय दिलाउन न्याय समितिबाटै पनि पहल गरेका छौँ, ‘उनले भनिन, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम सिकाएका छौँ ।’ आगामी दिनहरुमा समेत महिला अधिकारका लागि निरन्तर खटिने उपप्रमुख लेखकले प्रतिबद्धता जाहेरी गरेकी छिन । कार्यक्रममा जनप्रतिनिधी, प्रहरी, निर्वाचन आयोगका कर्मचारी, महिला अधिकारकर्मी, संचारकर्मीदेखि सरोकारवाला सहभागि भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज