Advertisement

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

महेन्द्रनगर, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।    मुलुकमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले मल्लले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद तथा संकटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड–१९ महामारीका बेला समेत मल्लले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महामारीका क्रममा भारतबाट गड्डाचौकी नाकाहुँदै नेपाल प्रवेश गर्ने नागरिकका लागि भोजनको व्यवस्था गर्न पनि उहाँले सहयोग गर्नुभयो ।  उहाँले प्रतिष्ठान मार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।    व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका मल्लले सामाजिक सेवामार्फत समुदायप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । आमाको स्मृतिमा स्थापित प्रतिष्ठानमार्फत गरिएकोे सहयोगले विपद्का बेला पीडित नागरिकलाई राहत पु¥याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज