Advertisement

Author: धन बहादुर बोहरा

निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति सह कोषाध्यक्ष महरा पदमुक्त, निर्माणको पुरै कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालतमा रिट निवेदन

निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति सह कोषाध्यक्ष महरा पदमुक्त, निर्माणको पुरै कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालतमा रिट निवेदन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासमा रिट निवेदन परेको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमिति आएपछि ३ बैठकमा सहभागि भएका सह कोषाध्यक्ष हेम महरालाई अबैधरुपमा सहकोषाध्यक्ष बनेको भन्दै कार्यसमितिले नै निर्णय गरी पदमुक्तको पत्र बुझाएपछि उनी कार्यसमितिको बैधानिकतालाई लिएर उच्च अदालत पुगेका हुन् । पुष २९ गते उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासमा परेको रिटमा निर्माण व्यवसायी संघ कञ्चनपुरको भाद्र २१ गते सम्पन्न १५औ अधिबेसनमार्फत निर्वाचित पदाधिकारी र सदस्यहरुको बैधानिकताबारे प्रश्न उठाईएको छ । उक्त निर्वाचनमा १७ जना अबैध भोटरहरुले मतदान गरेको प्रमाण समेत पेश गरीएको छ । माघ २ गते पहिलो पेशीको सुनवाईमा उच्च अदालतले दुवै पक्षलाई सक्कल कागजपत्रसहित उपस्थितका लागि माघ ९ गते पेशी तोकेको छ । सहकोषाध्यक्ष हेम महराले आफ...
प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३मा एमालेबाट उम्मेदवार बन्ने निश्चित भएका छन् । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसंगै उनको उमेदवारी सुनिश्चित भएको हो । डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए । एमालेभित्र मात्रै नभई बाहिर पनि बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले अघिल्लो निर्वाचनमा गरेका चुनावी प्रतिबद्धताअनुसार उल्लेखनीय काम अघि बढाएका थिए । २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली प्रादेशिक अस्पतालको सुधार, महाकाली कोरिडोरअन्तर्गत ब्रह...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधिवेशनबाट व्यवसायी संघको अध्यक्षमा पुनः गहतराज सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुव निरौला, प्रथम उपाध्यक्षमा डम्बर गहतराज, द्धितिय उपाध्यक्षमा मनोज सुनार, महा सचिवमा अशोक कुमार ठाकुर, सचिवमा अन्जु सुनुवार, कोषाध्यक्षमा सुमित लामिछाने सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा राजेन्द्र पौडेल, रोशन सोब, प्रकाश बिक, चाँदनी ठाकुर, मुन्नी देवी शाह, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मान बहादुर सुनार र सुरेन्द्र सोब चयन भएका छन् । पुनः अध्यक्ष मा चयन भएका सुरत गहतराजले व्यवसायीको हकहितमा अभियानै बनाएर शसक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो । भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए ...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक रकम उल्लेख गरिएको भेटिएको छ । बैंकले विकलाई २०७५ कार्तिक २० गते उपलब्ध गराएको कर्जा सुविधा प्रस्ताव पत्रमा आवाश कर्जा वापत २९ लाख ५० हजार दिएको उल्लेख गरिएको छ । भने बैंकले विकलाई कर्जा सुविधा प्रस्ताव पेश गरेको दिन मालपोत भूमि सुधार कार्यालयमा बिक की श्रीमती ज्ञानु विकको नाममा रहेको जग्गा धितोको रुपमा दृष्टि बन्धक लिखत मा विकले ३७ लाख रकम ऋण लिएको बनाएको भेटिएको हो । उक्त कर्जा प्रस्ताव बिकलाई एनएमबी बैंकको तत्कालिन कञ्चन डेभलपमेन्ट बैंकको झलारी शाखाले दिएको थियो । बंैंकले बिकलाई कर्जा सुविधा प्रस्ताव गरेको दिन मालपोत भूमि सुधार कार्यालयमा बिककी श्रीमति ज्ञानु विश्वकर्माको नाममा रहको जग्गा ...
बैतडीमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाँटीमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–कै २८ वर्षीय भान देव भट्ट र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाईतेहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको मे १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजे पाटन नगरपालिका–८ साडीघाँटी नजिक दुर्घटनामा परेको हो। जीपमा २० जनासम्म सवार रहेको प्रा...
महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

महेन्द्रनगर बजारमा व्यपारीका पसलमा प्रहरीको छापा, लाखौको अबैध सामान बरामद

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला प्रहरीले महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार महेन्द्रनगर बजारमा व्यपारीका पसलहरुमा छापा हानेपछि व्यपारीका पसलहरुमा लाखौ मूल्यका अबैध सामान फेला पारी बरामद गरेको हो । महेन्द्रनगर बजारको गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको एजी मोवाईल केयर सेन्टरमा छापा मार्दा भन्सार छलीको सामान बरामद गरेको छ । गुप्ताले भारतबाट भन्सार छलीगरी सामान ल्याउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारेको हो । प्रहरी गुप्ताको मोवावईल पसलबाट अन्दाजी नेपाली बजार मूल्य रु ४ लाख ३९ हजार ८ सय बरावरको अबैद सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गुप्ताले अबैधरुपमा मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायत राखेकोमा बरामद गरीएको...
त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट धनगढी उपमहानगरपालिका ३ बस्ने ४२ बर्षिय बाबुराम रानालाई त्रिभ्ुवन विश्वविद्यालयको होलोग्रामसहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले चेकजाँच गर्दा निजको साथबाट ४५ हजार थान होलोग्राम सहित उनलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले कार्यालयका प्रबक्ता एवं प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । प्रबक्ता प्रहरी उपरिक्षक मिश्रका अनुसार विश्वविद्यायको होलोग्राम अनाधिकृत व्यक्तिले बोकेको पाईएकाले नक्कली सर्टिफिकेट बनाउने कार्यका उनीहरुको संलग्नता हुनसक्ने विषयमा पनि अनुसन्धान भइृरहेको छ । ‘विश्वविद्यालयको होलोग्राम अनाधिकृत व्यक्तिले बोकका कारण उनीहरु नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रहेको विषयमा पनि अनुसन्धान भईरहेको छ,...
महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर माविको बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाइएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीको रहेका थिए । विशिष्ठ अतिथिमा नगर उप प्रमुख निलम लेखक जोशी, सामाजिक विकास समिति संयोजक एबं  शुसिल भट्ट रहेका थिए । कार्यक्रममा कबड्डी खेलका पूर्व वरिष्ठ प्रशिक्षक तारा सिंह भाट, पूर्व विव्य स अध्यक्ष, प्रधानाध्यापक जनक राज जोशी, शिक्षक, अभिभावक, समाजसेवी लगायत अतिथि रहेका थिए । बार्षिकोत्सव कार्यक्रममा प्रधनाध्यापक जनक राज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हतार भएको भन्दै शुभकामना मन्तव्यको पालो मिचेर सुरुवातमै मन्तव्य राखेकी नगर उपप्रमुख निलम लेखकले विद्यालयलाई सहय...
प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका १६ स्थित प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुलको ३३औं बार्षिकोत्सव भव्यरुपमा मनाईएको छ । आईतबार विद्यालयको प्राङ्गणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा भव्यताका साथ मनाइएको हो । कार्यक्रममा प्रिन्सिपल शंकरदत्त भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गर्दै आगामी वर्षको रणनीति पनि प्रस्तुत गरेका थिए । उनले सबै कक्षामा स्मार्ट बोर्ड राख्ने, ६ कोठे थप्ने, फिल्ड लाई पनि स्तरोन्नति गर्ने जस्ता आगामी वर्षको नीति योजना राखेका थिए । कार्यक्रममा ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझा, शिक्षक महासंघ कञ्चनपुरका अध्यक्ष उत्तम बिष्ट, धनगढीका प्रिन्सिपल अर्जुन नाथ, इन्टर नेसनल स्कूलका प्रिन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज