Advertisement

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको छ।
संगमले भदौ १६ देखि २६ गतेसम्म कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो। तर भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू पीडित बनेको भन्दै महोत्सव नगर्ने निर्णय गरेको हो।
महाकाली साहित्य संगमका अध्यक्ष राजेन्द्र सिंह रावलद्वारा जारी प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै बेपत्ता नागरिकको शीघ्र खोजी, उद्धार तथा सकुशल पुनर्मिलनको कामना गरिएको छ।
संगमको २०८३ भदौ १४ गते बसेको बैठकले राष्ट्रिय विपद् र नागरिकको पीडाको संवेदनशील अवस्थामा सांस्कृतिक महोत्सव आयोजना गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै गौरा सभ्यता महोत्सव–२०८३ आयोजना नगर्ने तथा पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा महोत्सव स्थगित गर्ने निर्णयले गौरा पर्व, गौरा सभ्यता तथा सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनप्रतिको प्रतिबद्धतामा कुनै विचलन नआएको स्पष्ट पारिएको छ। गौरा केवल एउटा पर्व नभई सुदूरपश्चिमको जीवनपद्धति, लोकस्मृति, सामाजिक सद्भाव, प्रकृतिसँगको सहअस्तित्व र साझा सांस्कृतिक पहिचानको जीवन्त अभिव्यक्ति भएको संगमले जनाएको छ।
संगमले आगामी दिनमा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, प्राज्ञिक तथा सांस्कृतिक संस्था, विज्ञ, शोधकर्ता, कलाकार, सामाजिक अभियन्ता र सरोकारवालासँग आवश्यक परामर्श गरी गौरा सभ्यता महोत्सव पुनः उपयुक्त समयमा आयोजना गर्ने जनाएको छ।
महोत्सवमा सहभागी हुन तयारी गरिरहेका देश–विदेशका विद्वान्, शोधकर्ता, कलाकार, सांस्कृतिक समूह, अतिथि, सहयोगी संस्था, सञ्चारमाध्यम, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति संगमले धन्यवादसमेत व्यक्त गरेको छ।
संगमले विपद्को यस दुःखद् घडीमा नागरिकलाई संयमित रहन, प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा यथासम्भव सहयोग गर्न अपिल गरेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज