नयाँ खबर
डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका वडा नं १२ स्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा रु. ६३ हजार ८ सय १ रुपया सहयोग गरेको छ।
भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बुधबार सहकारीले उक्त सहयोग गरेको हो।
संस्थाका अनुसार विपद्बबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनाका लागि सञ्चालक समिति र कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको हो।
संस्थाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्ममा परेका व्यक्तिहरूको खोज तथा उद्धारमा जुटेका सबैप्रति आभार व्यक्त गरेको छ।
सहकारीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।