Advertisement

Author: धन बहादुर बोहरा

भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रकाश पन्तले पदभार ग्रहण गरेका छन् ।   आज(सोमबार) अध्यक्ष पन्तले औपचारीक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन् । पन्तलाई केही दिन अघि सरकारले आयोग अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष पन्तले भूमि सम्बन्धी अधुरा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।   पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवासंघका पुर्व अध्यक्ष बचन सिह, एमाले नेता रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरीका उपप्रमुख जोगराम चौधरी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेर सिंह धामीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।  ...
बेलडाँडीमा निर्माणाधिन १५ शैय्या अस्पतालको निर्माण कार्य पुनः स्थगित

बेलडाँडीमा निर्माणाधिन १५ शैय्या अस्पतालको निर्माण कार्य पुनः स्थगित

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा रहेको निर्माणाधीन १५ सैया अस्पताल भवनको निर्माण कार्य झण्डै डेढ महिनादेखि रोकिएको छ । डिपिआरमा निर्माणाधिन भवनको विमहरुको९क्षमता०मोटाई कम रहेको र उक्त प्राविधिक त्रुटि हटाउन माग गर्दै भवन निर्माण कम्पनि बङलामुखी बैजनाथ जेभीले कार्तिक २४ गतेदेखि निर्माण कार्य स्थगित गरेको हो । निर्माण कम्पनीले डिपिआरमा उल्लेख गरिए अनुसारको विमहरुले भवनलाई धान्न नसक्ने र डिपिआरमा प्राविधिक त्रुटी रहेको भनेर निर्माणकार्य स्थगित गरेको गाउपालिका अध्यक्ष हरिश चन्द्र रानाले बताउनुभयो । ‘डिपिआरमा उल्लेख गरीएको अनुसारका विमहरुले दुईतले भवनलाई धान्न नसक्ने भनेर निर्माण कम्पनीले हामीलाई गुनासो गरेको छ,‘ गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो, ‘भवनको विमहरु मोटो राख्नुपर्ने तर पातलो राखेकोले भवनको दिर्घकालिन स्थायित्वका लागि पनि डिपिआर भएको त्रुटी नै सच्याउन निर्माण कम्प...
त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माण गर्न चन्दा संकलन गरिदै, सबैमा सहयोग गर्न आग्रह

त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माण गर्न चन्दा संकलन गरिदै, सबैमा सहयोग गर्न आग्रह

Breaking News 2, अर्थ, ट्रेन्डिङ, विचार, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्ला र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने धार्मिक पर्यटनको व्यापक सम्भावना रहेको ठाँउ त्रिशुले खानमा त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि स्थानीय चन्दा संकलनमा जुटेका छन् । त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि परशुराम नगरपालिका वडा नंम्बर ९ले ५० हजार छुट्याएता पनि मन्दिर निर्माणका लागि उक्त रकम अपुग हुने भन्दै त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिले चन्दा संकलन गरिरहेको हो । धार्मिक पर्यटन प्रबध्रनका लागि मन्दिर निर्माण गर्न आवश्यक रहेकाले मन्दिर निर्माणका लागि चन्दा संकलन गरिरहेको त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धन सिंह ठगुन्नाले बताउनुभयो । यज्ञशाला र मन्दिर निर्माण गर्न झण्डै ६÷७ लाख रुपयाँभन्दा बढि लागत लाग्ने भएकाले हिन्दुधर्मप्रति आस्थावानसंग श्रद्धा र शक्...
भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

Breaking News 1, Breaking News 2, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, समाचार
महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर चन्दले आफ्नै काका बहादुर चन्दलाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रकाशले एमाले उमेदवारलाई ६ सय २० मतअन्तरले पराजित गरेका हुन । वडा अध्यक्ष प्रकाशले एक हजार एक सय ७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धद्धि एमाले उम्मेदवार बहादुरले ४ सय ८७ मत प्राप्त गरेका हुन ।  त्यसैगरी राप्रपाका उमेदवार शुशिल कुमार भट्टले ३ सय ६९ मत, नेकपा एकिकृत समाजवादीका उमेदवार जितेन्द्र बहादुर चन्दले २ सय २५ मत, रास्वपाका उमेदवार रामदत्त भट्टले २ सय १८ मत, माओवादी केन्द्रका उमेदवार नानाराम कोलीले १ सय २२ मत, स्वतन्त्र उमेदवार थानेश्वर लेखकले एक सय ४२ मत, नागरीक उन्मुक्तिका उमेदवार हरिष डगौराले १ सय २७ मत, अर्क...
दोधार चाँदनीको अग्रणी विद्यालय लक्ष्मी मावि बाबाथानको शिक्षकहरुलाई भव्य स्वागत तथा विदाई

दोधार चाँदनीको अग्रणी विद्यालय लक्ष्मी मावि बाबाथानको शिक्षकहरुलाई भव्य स्वागत तथा विदाई

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको दोधाराचादनी नगरपालिकाले शिक्षक हरुको सरुवा गरेपछि लक्ष्मी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले विभिन्न विद्यालयबाट सरुवा भएर आएका शिक्षकहरुलाई स्वागत तथा उक्त विद्यालयबाट सरुवा भई भएका शिक्षकको विदाई गरेको छ । अन्य विद्यालयबाट सरुवाभई आएका शिक्षक यज्ञ राज पण्डित, धर्मराज पण्डित, तिर्थ बहादुर बस्नेत, सर्वजीत बुढा, नरेन्द्र चन्द, चन्द्र बहादुर खड्का र दिल बहादुर सिंहलाई विद्यालयका भव्यताकासाथ स्वागत गरेको छ भने विद्यालयकाबाट सरुवा भएका शिक्षक राधिका भट्ट, रमेश प्रसाद उपाध्याय, दुर्गा मल्ल, टिकाराम शर्मा, तेज सिंह विष्ट, धन बहादुर ओली, दिपक चन्द्र ओझा, चन्द्रसिंह विष्ट र अम्बादत्त भट्टलाई विदाई तथा सम्मान कार्यक्रम गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावतले गरेका थिए । कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष द...
एमाले नेता र पुर्व जनप्रतिनिधि बाढी पिडितको घरदैलोमा, सहयोग गर्ने प्रतिवद्दता

एमाले नेता र पुर्व जनप्रतिनिधि बाढी पिडितको घरदैलोमा, सहयोग गर्ने प्रतिवद्दता

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – भीमदत्त नगरपालिका–१८ की देवि सिलाल औजीको गत असार १६ गते रातीको आएको बाढीले घर भत्कायो । खरको टहराको अस्थीय घर बाढीले भत्काउदा उनी बिचल्लीमा परेकी छिन् । छिमेकीको साहार लिई बसिरहेकी उनको औजीको पुनस्स्थापना हुन सकेको छैन् । नेपालकै हालसम्मको उच्च वर्षा मापन भएको कञ्चनपुरमा हजारौँ नागरिक बाढी प्रभावित बनेका छन् । दुई सातासम्म पनि अधिकांश बाढी पिडितको पुनरस्थापना हुन सकेको छैन् । भीमदत्तनगरपालिका – १८ उराउ बस्तीका हितलाल उराउको घरमा बाढीले पुर्ण रुपमा क्षती पुगेको छ । बाढीले घर भत्काउनुका साथै दुई बंगुर, १० कुखुरा र भाडाकुडा बगाएको उनले बताए । उराउ बस्तीका अधिकांश कच्ची घरमा बसोबार गदैँ आएका स्थानीय विस्थापीत भएका छन् । स्थानीय फुलमाया उराउले बाढी पिडित लाई तत्काल राहत दिन र ढल निकाससहितको सडक निर्माण गरिनुपर्ने बताईन् । साथै उनले सरकारको बाढी पिडितको समस्यामा ध्यान नदिएकको गु...
भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित : महाकाली सिँचाई तेस्रो चरण महेन्द्रनगरको कार्यालयमा तालाबन्दी

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित : महाकाली सिँचाई तेस्रो चरण महेन्द्रनगरको कार्यालयमा तालाबन्दी

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : काम गरेको भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको सुरवाति चरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका हो । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा मंगलबार निर्माण व्यवसायीहरुले आफुहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै बिरोध स्वरुप महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०र०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’ अध्यक्ष भट्टले महाकाली सिँचाई ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज