Advertisement

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदुरका विभिन्न संघ संगठनहरुसहित सरकारी गैर सरकारी संस्थाहरुले अन्तराष्टिय मजदुर दिवस मनाएको हो ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड यूनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र समाजवादी ट्रेड युनियन महासंघ नेपालले संयुक्तरुपमा कार्यक्रम गरेका छन् ।

उनीहरुले महेन्द्रनगरको गल्ली नं. १ बाट ¥यालि निकालेर बजार परिक्रमा गरी स्मारकमा कोण सभा गरी श्रमीक दिवस मनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरका अध्यक्ष मालति पन्त, नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अध्यक्ष भोज सिंह ऐर, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला ईञ्चार्ज पदम राज जोशी र समाजवादी ट्रेड युनियन महासंघ नेपाल जिल्ला अध्यक्ष प्रितम सिले मजदुर दिवसको र बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मजदुरका हकअधिकारमा सरकार चुकेको बताए ।

उनीहरुले नेपाल सरकारको ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर आपत्ति जनाउदै श्रमीकको मौलिक हक, श्रमि रोजगारीको ग्यारेन्टी गरीनुपर्ने, मजदुरलाई समाजिक सुरक्षा कोषमा आवद्ध गराईनुपर्ने, घरवास विहिन सुकुम्बासी मजदुरको सुरक्षित आवासको व्यवस्था गरिनुपर्ने, देशभरी सुकुमवासी मजदुरको झुपडिमा डोजर आतंक बन्द गरी छानविन गरी न्यायोचित व्यवस्थापन गरिनपर्ने कुरामा जोड दिए ।

त्यसैगरी आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन निति लागु गरी विभिन्न क्षेत्रमा काम गर्ने अस्थायी, करार, दैनिक ज्यालादारी, तल्लो तहका कर्मचारीलाई न्यायोचित ज्याला सुविधा एव पारिश्रमिक तलव उपलब्ध गराईनुपर्ने, श्रमीकको बालबच्चालाई शिक्षामा सौलियत, स्वास्थ्य उपचारमा विशेष छुट, मजदुरको काम गर्दाको वखत दुर्घट्ना जोखिम विमा सुविधा गरिनुपर्ने, पेन्सीन सहितको सुविधा दिई राज्यले जिम्मा लिनुपर्ने, श्रमिकलाई क्षमता, अभिबृद्धि कार्यक्रम सञ्चालन गरी मजदुरलाई कमको दक्षता सम्बन्धी परिचयपत्र प्रदान गरिनुपर्ने, महंगि नियन्त्रण गरी श्रमिकलाई दैनिक उपभोग्य सामाग्रीमा सहुलियत छुट गरी गर्नुपर्ने, लगायत सरकारले पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

कोणसभाको सहजीकरण सुकुम्बासी मजदुर अभियान्ता आनन्द धामीले गरेका थिए ।

त्यसैगरी लालझाडी गाँउपालिकामा पनि ¥याली तथा अन्तरक्रिया गरी मजदुर दिवस मनाईएको छ । लालझाडी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले मजदुर दिवसमा ¥याली छलफल अन्तरकृया गरिएको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज