कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार
महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य एबम पूर्व गृहमन्त्री रमेश लेखक सहित तीन जना सिफारिश भएका छन् ।
काँग्रेस पार्टी कार्यालयमा शुक्रबार उम्मेदवारका आकाँक्षीहरुसित छलफलपछि प्रतिनिधि सभा प्रत्यक्षमा लेखक सहित प्रेम बहादुर विष्ट र शंकर बहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ ।
प्रतिनिधि सभामा विष्ट २०७९ को निर्वाचनमा पनि सिफारिशमा परेका नेता हुन् । चन्द पहिलो पटक उम्मेदवार सिफारिश भएका छन् । पूर्व गृहमन्त्री लेखक २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी यस अघि २०५६, २०७०, २०७४ र २०७९ मा यस क्षेत्रबाट निर्वाचन लडेका छन् ।
काँग्रेस कञ्चनपुर क्षेत्र नं। ३ का क्षेत्रीय सभापति केशब चन्दले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिएको बताए ।
...



















