Advertisement

पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

महेन्द्रनगर – सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एव नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने भएका छन् । एमाले पोलिटव्यूरो सदस्इ रावलको पुस्तक विश्वविद्यालयले पाठ्यक्रममा सूचीकृत गरेसंगै उक्त विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले पढ्ने भएका हुन् । उत्तराखण्ड भारतको अल्मोडास्थीत शोबनसिह जिना युनिभर्सिटी (एएसजे)को ‘इतिहास, संस्कृति तथा पुरातत्त्व विभाग’ले रावलद्वारा लिखित पुस्तक ‘दी हिस्ट्री अफ मिडिभल डोटी (मध्यकालीन डोटीको इतिहास)’ लाई पाठ्यक्रममा राखेको छ । विभागका प्रमुख डा. गोकुल सिंह देउपाले पूर्व मुख्यमन्त्री रावललाई मंसिर २३ गते एक पत्र पठाउँदै उक्त पुस्तक विश्वविद्यालयको पाठ्यक्रममा राखिएको जानकारी दिएका छन् ।
देउपाद्वारा लिखित पत्रमा भनिएको छ ‘तपाइको पुस्तक दी हिस्ट्री अफ मिडिभल डोटीलाई विश्वविद्यालयको सन्दर्भ पुस्तकको रूपमा सूचीकृत गरिएको जानकारी गराउन पाउँदछ हामी खुसी छौ । ’रावललाई लेखिएको पत्र अनुसार विश्वविद्यालयको विशेषज्ञ अध्ययन समितिको स्वीकृतिपछि कार्यान्वयनमा जानेछ । अंग्रेजी भाषामा प्रकाशित पुस्तक लेख्न रावलले डेढ दशक अनुसन्धान गरिएको बताए ।
‘मैले १७ वर्ष अनुसन्धान गरेर लेखेको पुस्तक हो । एसएसजे विश्वविद्यालयले सन्दर्भ सामाग्रीमा सूचीकृत गर्न लागेको थाहा पाउँदा खुसी लागेको छ’ एमाले नेता समेत रहेका रावल भन्छन् ‘भारतको उत्तराखण्डसम्म फैलिएको मध्यकालीन डोटी राज्यको इतिहासबारे विस्तृत रूपमा समेटिएको छ ।’
यो पुस्तकलाई सुदूरपश्चिम विश्वविद्यालयले समेत गत वर्षदेखि सन्दर्भ सामाग्रीको रूपमा राखेको छ । यसपनि विभिन्न क्षेत्रमा साहित्य, ऐतिहास लेखमा रावलको भूमिका रहेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज