Advertisement

एमालेले विधान संशोधन नगर्ने, नेता व्यवस्थापनमा सकस हुने

काठमाडौं – नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार, २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ । ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबारको सचिवालय बैठकले पुन विधान परिवर्तन गर्ला भन्ने धेरैलाई आंशका थियो । तर त्यसो भएन । अब एमालेमा नयाँ बहस सुरु भएको छ । पूर्व जिम्मेवारीमा बसेका भारी संख्यामा नेताहरुले पद अभावका कारण केन्द्रीय कमिटीबाट बिदा हुनुपर्नेछ । पदको अभावमा विदा हुनुपर्ने नेताहरुको हिसाब यस्तो छ :
हाल एमालेको केन्द्रीय कमिटीमा ३५४ जना रहेकोमा अव १०३ जना नेताहरुले निश्चितरुपमा अवकास पाउनेछन् । केन्द्रीय सचिवालय हाल १९ जना रहेकोमा १५ जनाको मात्रै सचिवाल हुने भएपछि सचिवालयबाट ४ जना विदा हुने छन् । केन्द्रीय सचिवालय बाहेक स्थायी कमिटीको सदस्यको संख्या हाल २७ जना रहेको छ । नयाँ विधानमा स्थायी कमिटी नै हटाईएकाले ती नेताहरुले पोलिटव्यरुरो, केन्द्रीय कमिटी वा अवकास रोज्नुपर्नेछ । त्यसैगरी केन्द्रीय सचिवालय र स्थायी कमिटी बाहेक केन्द्रीय सदस्यको मात्र जिम्मेवारीमा रहेका ७२ जना नेतालाई पनि केन्द्रीय कमिटीमा स्थान हुने छैन ।
२०८२ भदौ २० देखि २२ गतेसम्म भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकारमा भारी कटौती गरेको कारण नेता व्यवस्थापनमा सकस देखिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज