Advertisement

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूको शुभकामना सन्देशको ओईरो

काठमाण्डौ – नेकपा(एमाले)ले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन उद्घाटनका सबै तयारी पूरा भएको जानकारी दिनुभयो।कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जानकारी दिनुभयो।

 

डा. भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उद्घाटन समारोहमा सहभागी हुने प्रतिबद्धता जनाइसकेको बताउँदै १६ वटा दलका अध्यक्ष वा प्रतिनिधि उपस्थित हुने जानकारी दिनुभयो। विभिन्न देशका कूटनीतिक नियोग तथा पार्टीहरूबाट समेत महाधिवेशन सफलताको शुभकामना सन्देश आइरहेका छन् ।
यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने र जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापन अन्तिम चरणमा पुगेको र आजै रातिसम्म सम्पूर्ण तयारी पूरा हुने जानकारी दिनुभयो। उहाँका अनुसार लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्वपूर्ण मन्दिरहरूको संरचना समेटिएको, नेपालकै इतिहासमा पहिलो पटक यति ठुलो तथा कलात्मक मञ्च तयार गरिएको छ।
मञ्चको दायाँबायाँ ३०–३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ भने तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ। देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो। राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी छ।
महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो । महाधिवेशन ११ औँ पटक हुन लागेकाले ११ वटा पार्टी झण्डा राखिने, तीमध्ये १० वटा झण्डा सुरुमा नै फहराइने र एउटा झण्डा रिमोटबाट फहराइने तयारी गरिएको जानकारी दिइयो।
उद्घाटन सत्रमा सहभागी हुन विभिन्न जिल्ला र प्रदेशबाट आउने सवारी साधनका लागि यातायात व्यवस्थापन पनि सार्वजनिक गरिएको छ। कोटेश्वरबाट गट्ठाघरसम्म सवारी आउन सकिने र त्यहाँ रहेको नागरिक उड्डयन प्राधिकरणको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ।
काभ्रेतर्फबाट आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्र पार्किङ साइटको रूपमा तोकिएको छ। गट्ठाघर र जगाती दुवैतर्फबाट विशाल र्‍याली निकाली कार्यक्रमस्थल प्रवेश गरिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज