Advertisement

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेको छ । आकांक्षीहरुलाई शुक्रबार विहान १० बजेसम्म निवेदन दिने समय तोकेको नेपाली कांग्रेस कञ्चनपुरले तोकिएको समयभित्र आएका आकांक्षीहरुको नामावली शुक्रबार नै सुदूरपश्चिम प्रदेश समितिमा पठाउने कार्यतालिका बनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र त्यस अघिको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि केन्द्रीय निर्देशन अनुसार आकाँक्षी उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । ‘जिल्लाका सबै क्षेत्रमा आकाँक्षी छनौट प्रक्रिया सुरु भएको छ, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकाँक्षीका निवेदन संकलन गरीरहेका छौ, त्यसका लागि आकाँक्षीहरुले प्रतिवद्धता पत्र सहित निवेदन दिनु पर्ने छ,’ उनले भने, ‘निवेदन दिने समय शुक्रबार विहान १० बजेसम्म रहेको छ, निवेदन आईरहेको छ, शुक्रबार ४ बजेभित्रै आकांक्षीहरुको नामावली प्रदेश कमिटिलाई बुझाउछौ ।’
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट बिहीबार प्रेम बहादुर विष्टले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आकाँक्षा राखेर निवदेन दिएका छन् । विष्ट यस अघि २०७९ को आम निर्वाचनमा कञ्चनपुर ३ बाट प्रतिनिध सभा सदस्यको उम्मेदवारका आकाँक्षी थिए ।
काँग्रेसले स्थानीय र प्रदेशका जन प्रतिनिधिलाई उम्मेदवार सिफारिश नगर्ने मापदण्ड बनाएको छ । काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति केशब चन्दले पार्टी कार्यालयमा उम्मेदवार चयनका लागि छलफल भइ रहेको जानकारी दिए । यसअघि नै डडेल्धुराबाट एकलौटीरुपमा पार्टी सभापति शेर बहादुर देउवा उम्मेदवारका लागि सिफारिस भईसकेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज