सुख्खा बन्दरगाह निर्माण स्थल नजिक शव भेटियो
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकामा निर्माणाधिन सुख्खा बन्दरगाह निर्माण स्थल नजिक दोधारा चाँदनी नगरपालिका २ का ३० बर्षिय धर्मेन्द्र सुनारको शव भेटिएको छ । मंगलबार विहान दोधारा चादनी नगरपालिका वडा नं. १ स्थति मलेरीया नालामा धर्मेन्द्रको शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी टोली शव देखिएको स्थानमा आएपछि सुनार दोधारा चाँदनी २ का भएको खुलेको हो ।
परिवारका अनुसार हल्का मानसिक सन्तुलन ठिक नभएका सुनार मंसिर २१ गते “दिल्ली जान्छु” भनी घरबाट हिँडेका थिए । त्यसदिनदेखि परिवारको सम्पर्कबाहिर रहेका उनी मलेरीया नालामा मृत भेटिएका हुन् । शव पोष्टमाटम पछि परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले बताए ।...


















