Advertisement

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य एबम पूर्व गृहमन्त्री रमेश लेखक सहित तीन जना सिफारिश भएका छन् ।
काँग्रेस पार्टी कार्यालयमा शुक्रबार उम्मेदवारका आकाँक्षीहरुसित छलफलपछि प्रतिनिधि सभा प्रत्यक्षमा लेखक सहित प्रेम बहादुर विष्ट र शंकर बहादुर चन्दको नाम उम्मेदवारका लागि सिफारिश गरिएको छ ।
प्रतिनिधि सभामा विष्ट २०७९ को निर्वाचनमा पनि सिफारिशमा परेका नेता हुन् । चन्द पहिलो पटक उम्मेदवार सिफारिश भएका छन् । पूर्व गृहमन्त्री लेखक २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी यस अघि २०५६, २०७०, २०७४ र २०७९ मा यस क्षेत्रबाट निर्वाचन लडेका छन् ।
काँग्रेस कञ्चनपुर क्षेत्र नं। ३ का क्षेत्रीय सभापति केशब चन्दले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिश गरिएको बताए ।
प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर सिफारिश गरिएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ३ नम्बरबाट १३ जना आकाँक्षीको नाम सिफारिश गरिएको छ । उनीहरु रमेश दयाल लगायत नेताहरु छन् ।
काँग्रेस क्षेत्रीय समितिले जिल्ला समितिमा सिफारिश गरेपछि उम्मेदवारका नाम प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पुगेर उम्मेदवारको अन्तिम टुङ्गो लाग्नेछ ।
पूर्व गृहमन्त्री लेखकले उम्मेदवारीका लागि वारेशनामा मार्फत निवेदन दर्ता गराएका हुन् । जेनजी आन्दोलपति सरकारले उनलाई स्थानहद गरेकाले उनी गृह जिल्ला आउन नसकेका हुन् । लेखक २०५६ मा पहिलो पटक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन् । त्यसपछि लेखक अन्तरिम विधायक, २०६४ मा समानुपापतिक संविधान सदस्य, २०७० मा संविधान सभा सदस्य र २०७९ मा संसदमा निर्वाचित भएका छन् । जेन जी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनमा लेखक फेरि प्रतिनिधि सभा प्रत्यक्षमा चुनाव लड्न लागेका हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज