Advertisement

samachar

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिइन् । ‘यस पटक पनि हामी विद्युतीय माध्यमबाट नै मतदान गर्ने भनेका छौं । समय व्यवस्थापन र प्रविधिको उपयोगमा पनि एमाले अब्बल नै छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘१०औं महाधिवेशनमा पनि हामीले विद्युतीय मतदान गराएका थियौं ।’ नेता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ । वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको हो । उनी थप्छिन्, ‘नोमिनेसन परेका आधारमा त्यहाँ इन्ट्री गरेर निर्वाचनको कामलाई अगाडि बढाउने कुरा हुन्छ।’ अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको हो । निर्माण व्यवसाय सङ्घको प्राङ्गणमा सम्पन्न औपचारिक कार्यक्रममा संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे । निर्माण व्यवसायी का अध्यक्ष पुष्पराज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य लोकबहादुर ठकुराठी रहेका थिए।   संघको कार्यालय बाट सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो । निर्माण व्यवसायीपुरका पूर्व अध्यक्ष ठकुराठीले व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । पछिल्...
बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक क्वालिटी अफ लायन्स क्लबले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे जिल्लामा लागू औषध विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएका हुन् । सम्मेलनमा बोल्दै आयोजक घटाल युवा विकास समाजका उपाध्यक्ष लोक प्रिय गायक नवराज कलौनीले मंसिर २० गते बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यामिक विद्यालयमा लागू पदार्थ विरुद्ध चेतना तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताए । यसैगरि, सोही दिन गैलनदीमा रहेको अस्थायी प्रहरी पोष्टलाई आवश्यक केही भौतिक साधन स्रोत पनि उपलब्ध गराइने उनले बताए । कार्यक्रममा बोल्दै सह–आयोजक क्वालिटी अफ लायन्स क्लबका अध्यक्ष भोजराज जोशी(क्वालिटि)ले समाजमा लागू औषधको भयाभव अवस्था देखिएकाले यसको न्युनिकरणका लागि एकदिने चेतनामुलक कार...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन । झलारी कलुवापुरकी ३५ बर्षिया विष्ना जोशी मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी हुन । विष्ना चार बर्षदेखि मृगौलारोगसंग लडिरहेकी उनको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, ृउपचार खर्च नहुँदा समस्या खेप्नु परेको छ । शुरुवातमा दुवै मृगौला फेल भएकी विष्नाको अर्को बायाँ हातमा क्यान्सरको संक्रमण देखिएपछि झन समस्या परेकी हुन । दुई छोरा दुई छोरी सहित चार सन्तानकी आमा विष्नाको परिवारसंग उपचार खर्च पैशा नभएपछि गाँउ गाँउ रकम संकलन गर्दै डुलिरहेकी छिन । विष्नाका श्रीमान मोहनराज जोशी भारतमा मजदुरी गर्दै आएका छन । श्रीमती बिरामी भएपछि उताको रोजगार समेत छाडेर स्वदेश आएका छन । भारतमा मजदुरी गरेर घर परिवार चलाउँदै आएकी जोशी श्रीमतीको उपचारका लागि घर आएपनि दैनिक ख...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाले केन्द्रीय सदस्य सहित जिल्ला पदाधिकारीलगायत सहभागी कार्यक्रममा उनीहरुलाई निर्वाचन समितिहरुले प्रतिनिधिको प्रमाण पत्र प्रदान गरेको छ । एमालेको ११ औं महाधिवेशनका लागि कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना निर्वाचित भएका छन् । कञ्चनपुर जिल्लाबाट निर्वाचित बाहेक केन्द्रीय कमिटी, मजदुर, विभाग सहितका गरी २७ प्रतिनिधि महाधिवेशन प्रतिनिधि जानेछन् । एमाले कञ्चनपुरका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख जनकराज अवस्थीले सबै क्षेत्र र दलित क्लष्टरका प्रतिनिधिलाई प्रमाण पत्र वितरण गरिएको बताए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय निरुदेबी पाल, राजेन्द्र सिह रावल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना लगायतका नेता सहभागी भएका छन् । कञ्चनपुर...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उपभोक्तालाई मंसिर १७ गतेदेखि निरन्तररुपमा दिनभर एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । प्राधिकरणका अनुसार मिति २०८२/०८१७ गतेदेखि ७ दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म फिडरको राइट अफ वे मा रहेका रुखका हाँगा-विगाँ काट्ने (बुश कटिङ्ग) कार्य हुने हुँदा बेलडाँडी फिडरमार्फत सेवा लिने अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द रहने बेलौरी वितरण केन्द्रले जनाएको छ । यद्यपि बुश कटिङ्गको कामसँगै सेक्सन छुट्याई विद्युत सुचारु गर्न सकिने क्षेत्रहरूमा भने लाइन खुला रहने जनाइएको छ । यस अवधिमा प्राधिकरणको अनुमति र समन्वय बिना उपभोक्ताले स्वयम् विद्युत लाइन नजिक रहेका रुखका हाँगा-विगाँ नकट्न आग्रह समेत गरिएको छ । सुरक्षाका दृष्टिले यस्ता कार्य प्राधिकरणकै व्यवस्था...
युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– सुदूरपश्चिमकै प्रतिष्ठित युवा उद्यमी एवं लक्ष्मी ज्वईलर्सका संञ्चालक लक्ष्मीदत्त पाण्डेले प्राण घातक रोगसंग अस्पतालको बेडमा लडिरहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सहयोगी मन र धनले सुसम्पन्न युवा उद्यमी पाण्डेयले पत्रकार धामीलाई ५५ हजार रुपया सहयोग गरेका हुन् । उक्त रकम उनले अध्यक्ष धामीको व्यक्तिगत खातामा पठाएका छन् । मानविय भावनाको हिसावले आफ्नो दक्ष अनुसारको सहयोग गरेको युवा उद्यमी पाण्डेयले बताए । युवा उद्यमी पाण्डेयले पत्रकार धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२ नम्बरमा सिधै ट्रान्सफर गरेका हुन । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका पत्रकार धामी केही समयदेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गराईरहेका छन् । उनको स्वास्थमा उल्लेख्य सुधार आईरहेको उपचारमा संल...
कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ मा स्थानीयहरुले वन विभागको अनुमति विना १ सय ३९ रुख काटेका छन् । गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैधरुपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैध रुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुवरले बताए । पोल साईजको रुखहरु काटिएको उनले बताए । रुख काट्नुको प्रयोजन खुल्न नसकेको यद्यपी उक्त विषय अनुसन्धानबाट खुल्दै जाने उनले बताए । उनका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा फेदमात्रै रहेका छन् । यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थ...
बेलडाँडी गाउपालिकामा शनिबार नि : शुल्क आँखा शिविर हुदै

बेलडाँडी गाउपालिकामा शनिबार नि : शुल्क आँखा शिविर हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर :  कञ्चनपुर जिल्लाको बेल्डाँडि गाउँपालिका वडा नं. २ स्थीत रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रागणमा निस्शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। बेलडाँडी गाउँपालिकाको आयोजनामा र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा २०८२ मङ्सिर २० गते शनिवारका दिन बेलडाँडी गाउँपालिका–०२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा शिविर लाग्नेछ । उक्त शिविर सनिवारका दिन बिहान १० बजेदेखि ३ बजेसम्म निः शुल्क आँखा शिविर संचालन हुने र उक्त शिविरका लागि आवश्यक सहयोग र वृहत प्रचार प्रसार गरी गाउँपालिकाबासीलाई सेवाको लाभ लिने वातावरण मिलाई आवश्यक सहयोग गरिदिनहुन गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले आँखा सम्बन्धी समस्या भएकाका लागि यो अवसर उपयोग गर्न आग्रह गर्दै शिविरमा बढीभन्दा बढी सहभागीता जनाउन अपील गरेको छ।...
औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

Breaking News 2, samachar, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन बुँदे सहमती भएपछि तत्कालनका लागि आन्दोलन स्थगित गरिएको हो । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग र औषधी व्यवसायीहरुका संघ संगठनहरुविच भएको वार्तापछि तीन बुँदे सहमती भएको बताए । औषधी व्यवसायी संघ सुप प्रदेशका अध्यक्ष लेखकका अनुसार औषधी व्यवस्था विागका महानिर्देशक नारायण प्रशाद ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय प्रमुख डा.भीम प्रशाद सापकोटा, मन्त्रालयकै कानुन उपसचिव गोपीकृष्ण रेग्मी, बरिष्ठ स्वास्थ्य प्रशासक रामचन्द्र शर्मा र नेपाल औषधी व्यवसायी संघका केन्द्रीय बरिष्ठड उपाध्यक्ष राम प्रशाद खरेल, नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र शर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज