पावर अफ युथको ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ अभियान अन्तरगत गल्ली नं. ५, ४ र ३मा सरसफाई
महेन्द्रनगर–महेन्द्रनगर बजारलाई सफ सुन्दर, आकर्षक, हरीयाली बनाउने उदेश्यकासाथ असारको दोस्रो शनिबार १४ गतेदेखि सुरु गरीएको सरसफाई अभियान निरन्तर चलिरहेको छ । ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ भन्ने मुल नारा रहेको अभियान अन्तरगत साउनको तेस्रो शनिबार १७ गते गल्ली नं. ५, ४ र ३ मा सरसफाई गरीएको हो ।
पावर अफ युथ’ का पदाधिकारी, वोर्ड सदस्य, सदस्य, साधारण सदस्य, महेन्द्रनगर नमुना मावि(साधारण), ग्लोवल एकेडेमी, एपेक्स गोदावरी, फ्लोरिडा, ज्ञानदिप विद्यामन्दिर विद्यालय लगायतका विद्यार्थी, स्थानीय, नेपाल प्रहरी, नगर प्रहरीसहित सयौको सहभागितामा साउन १७ गते शनिबारको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
बजारको गल्ली नं. ५ देखि गल्लि नं. ३ सम्म सरसफाई गरीएको पावर अफ युथकी अध्यक्ष प्रकृति भट्टले बताईन् । ‘आज हामीले गल्ली नं. ५देखि गल्लि नं. ३ सम्म तथा मदनचोकदेखि पार्कसम्म सरसफाई गरेका छौ,’ अ...




















