Advertisement

सुप विश्वविद्यालय सेवा आयोगमा सत्तारुढ दुई दलको भागबण्डा, अध्यक्ष कांग्रेसलाई एमालेलाई सदस्य

काठमाण्डौ –सुदूरपश्चिम विश्वविद्यालयको सेवा आयोगमा सत्तारुढ दुई दल एमाले कांग्रेसले भागबण्डा गरेका छन् । सत्तारुढ प्रमुद दुई दल एमाले र कांग्रेसको भागबण्डाअनुसार अध्यक्ष कांग्रेसको भागमा परेको छ भने सदस्य एमालेको भागमा परेको हो । सुप विश्वविद्यलय सेवा अयोग अध्यक्षमा पूर्व प्राध्यापक यज्ञराज भट्ट नियुक्त भएका छन् । उनी मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्व प्राध्यापक हुन् । त्यसैगरी सेवा आयोग सदस्यमा प्राडा तारादत्त भट्ट नियुक्त भएका छन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।
यसअघि एमाले कोटाबाट प्राडा पूर्ण बहादुर चन्द सेवा आयोग अध्यक्ष थिए । एक जना लोकसेवाका प्रतिनिधि सदस्य हुने सुप विश्वविद्यालयको सेवा आयोगमा अध्यक्षसहित तिन सदस्यीय हुने व्यवस्था रहेको छ ।
विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार, परीक्षा नियन्त्रक, डीन लगायतका पदाधिकारी यस अघि भागबण्डामा नियुक्त गरिएका थिए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त कांग्रेसको कोटा र रजिष्ट्रार प्राडा विनोद लेखक एमालेको कोटामा नियुक्त भएका हुन् ।

विश्वविद्यालयमा पहिलो उपकुलपति प्राडा जयराज अवस्थीबाहेक सबै उपकुलपतिहरु प्राध्यापक भुषण श्रेष्ठ, प्राडा अम्मराज जोशी र प्राडा हेमराज पन्त काँग्रेस कोटामा नियुक्त भएका थिए ।

विश्वविद्यालयमा यस अघि प्राध्यापक हेमराज पन्त, द्धिजराज भट्ट र यज्ञराज पाठक यस अघि रजिष्ट्रार भई सकेका छन् । द्धिजराज भट्ट एमाले कोटाबाट रजिष्ट्रार भएका थिए भने पन्तर पाठक कांग्रेस कोटामा रजिष्ट्रार बनेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज