नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत त्रिभुवन माध्यमिक विद्यालयमा श्री वीर बहादुर पाली बोगटी अक्षयकोष स्थापना गरीएको छ । मंगलबार भीमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर निवासी सशस्त्र प्रहरी बल नेपालका डिएसपी राम बहादुर पाली बोगटीले आफ्नो आमाबुवाको सम्मानस्वरुप विद्यालयलमा एक लाख २५ हजार १ सय २५ रुपयाँ बरावरको अक्षय कोषको स्थापना गरेका हुन् । आफुले माध्यमिक तहसम्म पढेको विद्यालयमा अध्ययनरत गरिव जेहेन्न्दार, मिहिनेती, उत्कृष्ट र खेलाडी छात्रछात्राहरुलाई छात्रबृत्रि प्रदान गर्ने उदेश्यका साथ कोषको स्थापना गरीएको डिएसपी राम बहादुर पाली बोगटीले बताए । उनले कोष स्थापना गर्न आजै विद्यालयलाई रकम हस्तान्तरण गरेका छन् ।
उनले आफ्ना बुवा वीर बहादुर पाली बोगटीको नामबाट अक्षयकोष खडा गरेका हुन् । डि एस पि बोगटी एक शालिन, भद्रस्वभावका धनी र सामाजिक कार्यमा निकै रुचि राख्ने व्यक्ति हुन् । उनले साउन १ विहिबारका दिन भारतको बाराणशिबाट आयातित संगमरमरको मक्राना पथ्थरको माहादेवको ६० किलोको मुर्ति भिमदत्त ०८ स्थीत प्रशिद्ध धार्मिक स्थल भम्केनी धाममा नव निर्मित शिद्दनाथ बैजनाथको मन्दिरमा चडाएका छन ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।