आइतबारदेखि शिक्षण संस्था संञ्चालन हुदै
महेन्द्रगनर–एक हप्तादेखि बन्द रहेका शैक्षिक संस्थाहरु आईतबारदखि सञ्चालनमा आउने भएका छन् । शैक्षिक संस्थाहरु गत सोमबार र मंगलबार जेन जी आन्दोलपछि विकशित राजनितिक घट्नाक्रमसंगै बन्द भएका थिए । निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनले शनिबार संयुक्त विज्ञप्ति जारी गरी आइतबारदेखि नियमति पठनपाठन हुने जानकारी गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सूचना र कञ्चनपुर प्रहरी प्रमुखसित छलफलपछि शिक्षण संस्था पठनपाठन नियमित गर्न लागिएको प्याब्सन एन प्याब्सनको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट र एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले जारी विज्ञप्तिमा जेन जी आन्दोलनमा मृत्यु भएका सबैमा श्रद्धाञ्जली अर्पण गरी परिवारमा समवेदना समेत व्यक्त गरिएको छ ।...




















