Advertisement

नेपाल शिक्षक महासंघद्धारा भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र, भीमदत्त नगरपालिकालाई करार सम्झौताको नाममा जागिर चट गर्ने सडयन्त्र गरेको आरोप

महेन्द्रनगर – नेपाल शिक्षक महासंघले भीमदत्त नगरपालिकालाई विभिन्न माग राखि ज्ञापन पत्र बुझाएको छ । बुधबार नेपाल शिक्षक महासंघ भीमदत्त नगर समिति अध्यक्ष दिवाकर जोशीको नेतृत्वमा महासंघले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरी प्रसाद जोशीलाई ज्ञापनपत्र बुझाएको हो ।
शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुर भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नगरपालिकाकालाई ज्ञापन पत्र बुझाईएको छ ।
अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई दास बनाएर बधुवा मजदुर जस्तो व्यवहार गरेको नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्ष नविन सिंह धामीले बताए । ‘अहिले आफुहरुलाई हटाउनका लागि सुनियोजित ढंगले रणनिति तैयार भईरहेको छ,’ उनले भने, ‘प्रत्येक ६ महिनामा नविकरण गर्ने भन्ने बुँदामा आफुहरुले काम नगर्ने बरु यही पालिकामा आएर धर्ना दिन्छौ स्थायी शिक्षकहरुले मात्रै पढाउन ।’
यस संस्थाले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय विद्यालय शिक्षा एवं विद्यालयका विद्यार्थी र शिक्षक कर्मचारीको पेशागत हकहित प्राप्ति तथा संरक्षणका पक्षमा निरन्तर काम गर्दै आएको भएपनि बेलाबेलामा विभिन्न ऐन नियम बनाएर दुख दिन खोजेको उनले बताए ।

सुनियोजित तरिकाले साविक उच्च मावि, राहत अनुदान, शिक्षण सिकाइ अनुदान, बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्नु पर्ने अन्यथा कानुन बमोजिम जुनसुकै कारवाही भोग्न पनि तयार रहेको उनले बताए ।
त्यसैगरी ज्ञापन पत्र बुझाउने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शिक्षक महासंघका जिल्ला अध्यक्ष निर्मला जोशीले नगरपालिकाले राहत, करार, अनुदान, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई सरकारले विभेद गर्दै आएको र अहिले झन पिडामाथि पिडा थप्ने काम भीमदत्त सरकारले गरेको बताईन् ।

त्यसैगरी हिस्टुनका जिल्ला अध्यक्ष डम्बर दत्त जोशीले पनि भीमदत्त सरकारले अस्थाई करार शिक्षकहरुलाई दुख दिन खोजेको बताए ।
सरकारले संघिय ऐन जारी गर्ने तयारी गरीरहदा भीमदत्त नगरपालिकाले ६ महिने करारनामा गर्न पत्र पठाउदै नयाँ प्रपोगण्डा थपेको नेपाल शिक्षक महासंघ भीमदत्त नगरपालिका अध्यक्ष दिवाकर जोशीले बताए ।
महासंघले ज्ञापन पत्र मार्फत अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुनियोजित तरिकाले साविक उच्च मावि, राहत अनुदान, शिक्षण सिकाइ अनुदान, बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्न हुन नेपाल शिक्षक महासंघ लगायत भीमदत्त नगरपालिका, कञ्चनपुरमा क्रियाशील सम्पूर्ण पेशागत शिक्षक संघ÷संगठनहरु र नेपाल विद्यालय कर्मचारी परिषद्ले ज्ञापनपत्रमार्फत जोडदार माग गरेका छन् ।

मागलाई सम्बोधन नगरी विभिन्न बहानामा शिक्षक तथा कर्मचारीहरुलाई शिक्षण पेशाप्रति नै वितृष्णा जगाउने, मनोबलमा आघात पुरÞ्याउने तथा प्रताडित गर्ने खालका बुँदाहरु उल्लेख गरी करार सम्झौताका नाममा दुःख दिने कार्य नरोकेमा कडा आन्दोलन गर्न बाध्य बाध्य हुने शिक्षक महासंघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
महासंघले ज्ञापन पत्रमार्फत शैक्षिक समस्याहरुलाई सम्बोधन गर्न तथा अहिले कायम रहेका सबै शैक्षिक अन्योलतालाई अन्त्य गर्न शीघ्रातिशीघ्र अग्रगामी शिक्षा ऐन जारी गर्न गराउन आफ्नो तर्फबाट हुन सक्ने आवश्यक पहल गरी सहयोग गरी दिन हुन समेत अपिल गरेको छ ।

भीमदत्त नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरी दत्त जोशीले शिक्षक महासंघले बुझाएको ज्ञापन पत्रको सम्बन्धमा आफुहरुले केहि पनि गर्न नसक्ने तर अस्थायी करार सम्झौता शिक्षा ऐनमै जारी भएको कुरा भएकाले माथिल्लो निकायको सर्कुलेसन कार्यन्वयन गर्न सूचना जारी गरीएको र सम्झौतामा यस्तो समस्या आयो भनेर माथिल्लो निकायलाई फर्वाड गरीदिने बताए ।

महासंघले बुझाएको ज्ञापन पत्रमा यस्तो लेखिएको छ –‘महासङ्घको स्थापना (२०७१ साल) पछि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा वि.सं. २०७५, २०७८, २०८० र २०८१–०८२ सालमा ठूला ठूला आन्दोलन सम्पन्न गरिए । वि.सं. २०७५, २०७८ र २०८० सालमा भएका आन्दोलनमा सरकार र महासङ्घविच भएका सबै सहमति कार्यान्वयन हुने गरी एउटा अग्रगामी विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने मूल मागका साथ शिक्षक–कर्मचारीको व्यापक सहभागितामा काठमाण्डौंकेन्द्रित २९ दिने पछिल्लो आन्दोलन (२०८१–०८२) पश्चात् राज्य पक्ष र नेपाल शिक्षक महासङ्घविच भएको महत्वपूर्ण सहमति अनुसार शिक्षक कर्मचारीका मागमुद्दाहरु तथा शिक्षा क्षेत्रका विविध समस्याहरु सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी हुने क्रममा रहेका बेला अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ। मिति २०८२÷०२÷११ गतेको चलानी नं. सूच. २५÷२९६६ को राष्ट्रिय सतर्कता केन्द्र, काठमाण्डौको आवश्यक कारवाही गरी जानकारी पठाउने व्यहोराको पत्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मिति २०८२÷०३÷१३, चलानी नं. २११ को सरकारी विद्यालयमा कार्यरत बालविकास शिक्षक, विद्यालय कर्मचारी, राहत तथा अनुदानमा कार्यरत करारका शिक्षकहरूको नियुक्ति सम्बन्धमा आवश्यक सहजीकरणका लागि पठाइएको व्यहोराको पत्र तथा शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुरले ९ वटै पालिकालाई सहजीकरण गरी मिति २०८२÷०३÷३१ गते, चलानी नं. १४०५ को पत्रमा उल्लेख गरेको व्यहोरा शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ९७ को उपनियम ८ र भीमदत्त नगरपालिकाको पत्रमा उल्लेखित नगर शिक्षा नियमावली २०७९ को नियम ५६ नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ति हुन नसकी करारमा नियुक्त भएका शिक्षकहरुबाहेक अन्य अस्थायी प्रकृतिका शिक्षकहरूका हकमा आकर्षित हुने देखिदैन । विगतमा नेपाल सरकारले वि. सं. २०७५ मा अस्थायी प्रकृतिका शिक्षकहरुलाई व्यवस्थापन गर्दा स्वीकृत दरबन्दीबाहेक अरु अस्थायी प्रकृतिका शिक्षकहरुलाई नसमेटेर र राहत अनुदान लगायत अन्य प्रकृतिका शिक्षकहरुको बिरामी विदा समेत प्रमाणित नगरेर गरिएको विभेदपूर्ण व्यवहारले यसलाई थप पुष्टि गर्ने काम गरेको छ । यसरी स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी करार शिक्षकबाहेक अन्य अस्थायी प्रकृतिका शिक्षकहरुको नियुक्ति एवं म्याद थप सम्बन्धमा विद्यमान ऐन नियममा स्पष्ट उल्लेख नभएको तथा यी सबै समस्याहरुलाई सम्बोधन गर्ने गरी नयाँ शिक्षा ऐन निर्माणका क्रममा रहेकाले सुनियोजित तरिकाले साविक उच्च मावि, राहत अनुदान, शिक्षण सिकाइ अनुदान, बालविकास शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशाको नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्न हुन नेपाल शिक्षक महासंघ लगायत यससंग आवद्ध यस भीमदत्त नगरपालिका, कञ्चनपुरमा क्रियाशील सम्पूर्ण पेशागत शिक्षक संघ÷संगठनहरु र नेपाल विद्यालय कर्मचारी परिषद् यसै ज्ञापनपत्रमार्फत जोडदार माग गर्दछौं। यदि हाम्रो मागलाई सम्बोधन नगरी विभिन्न बहानामा शिक्षक तथा कर्मचारीहरुलाई शिक्षण पेशाप्रति नै वितृष्णा जगाउने, मनोबलमा आघात पुरÞ्याउने तथा प्रताडित गर्ने खालका बुँदाहरु उल्लेख गरी करार सम्झौताका नाममा दुःख दिने कार्य नरोकेमा हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं भन्ने कुराको समेत यसै ज्ञापनपत्रमार्फत जानकारी गराउन चाहन्छौं।
अन्तमा सबैखाले शैक्षिक समस्याहरुलाई सम्बोधन गर्न तथा अहिले कायम रहेका सबै शैक्षिक अन्योलतालाई अन्त्य गर्न शीघ्रातिशीघ्र अग्रगामी शिक्षा ऐन जारी गर्न गराउन आफ्नो तर्फबाट हुन सक्ने आवश्यक पहल गरी सहयोग गरी दिन हुन समेत सम्बन्धित सबै पक्षहरुमा हार्दिक अपिल गर्दछौं ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज