Advertisement

समावेशी तथा बालमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ स्थित श्री पञ्चाधिन माध्यमिक विद्यालयमा समावेशी तथा बाल अपाङ्गता तथा लैङ्गिक मैत्री शौचालय निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कृष्णपुर नगरपालिकाको साझेदारीमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत शौचालय निर्माण गरी हस्तान्तरण गरीएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यक्रम संयोजक रामेश्वर जैरुले बालबालिकालाई सुरक्षित, समावेशी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित भुगोल सुहाउँदो ढाँचामा शौचालय निर्माण गरिएको जानकारी दिए । उनका अनुसार कृष्णपुर नगरपालिकाको २ लाख र साझेदार संस्थाहरूको १२ लाख रुपैयाँ लगानीमा कुल १४ लाख ३ हजारको लागतमा शौचालय निर्माण सम्पन्न गरिएको हो।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कञ्चनपुरका जिल्ला संयोजक सुरज शर्माले स्वच्छ र स्वस्थ समाज निर्माणमा शौचालयको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्माण सम्पन्न संरचनाहरूको सही र सुरक्षित प्रयोग गर्नु सबैको दायित्व भएको बताए ।

 

 

विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले विद्यालय र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कृष्णपुर नगरपालिका तथा विभिन्न दातृ संस्थाहरूले निरन्तर साथ दिँदै आएको उल्लेख गरे । उनले शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय गरिरहेकामा धन्यवाद दिए ।

त्यसैगरी वडा नं। ४ का अध्यक्ष कैलाश बहादुर बलायरले विद्यालयको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी शौचालय निर्माणमा सहयोग पुर्‍याउने साझेदार संस्थाहरूलाई नगरपालिकाको तर्फबाट आभार प्रकट गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज