Advertisement

अनुसन्धानमुलक किताव ‘राना थारु लोकजीवन’ पुस्तकको विमोचन

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन प्रा. डा.मुकुन्द कलौनीको अनुसन्धानमुलक ‘राना थारु लोकजीवन’ पुस्तकको विमोचन गरिएको छ । विश्वविद्याल केन्द्रीय कार्यालयको सभा कक्षमा बिहीबार कार्यक्रम गरी पुस्तक विमोचन गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले पुस्तक विमोचन गरे ।

 

उपकुलपति पन्तको प्रमुख आतिथ्यमा गरिएको विमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी विशिष्ठ अतिथि थिए । कार्यक्रमको अध्यक्षतामा पुस्तकका लेखक कलौनीले गरे ।
कार्यक्रममा कलौनीले पुस्तक विमोचन कार्यक्रमको औचित्यबारे प्रष्ट पारे । उनले राना थारु समुदाय कञ्चनपुरको भूमिपुत्र भएकाले आफूले अध्ययन गरी पुस्तकका रुपमा प्रकाशित गरेको बताए । कार्यक्रममा प्रा.डा. हरिशचन्द्र भट्ट, डा. किसन भट्ट, बासमति राना र राजकुमार रानाले पुस्तक सम्बन्धि समीक्षात्मक टिप्पणी राखे । ६ अध्याय भएको पुस्तक नेपाल संवाद केन्द्रले प्रकाशन गरेको हो । प्रा.डा. कलौनीले पुस्तक प्रकाशनमा विश्वविद्यालयले महत्वपूर्ण सहयोग गरेको बताए । ‘अत्यन्तै सहयोगात्मक भूमिका निर्वाह गरेकोमा म संस्थाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु’ उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति आयोगका सदस्य डा. हिरा चन्द, महाकाली साहित्य संगमका अध्यक्ष हरिश प्रसाद जोशी लगायतका विभिन्न क्षेत्रका सहभागी थिए । विश्वविद्यालयका उप प्राध्यापक डा. दिपक चन्द्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज