Advertisement

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम्मान गरेको छ । जातीय भेदभाव तथा छुवाछुत प्रथा अन्त्य गरी समाजिक समानताका लागि योगदान पु¥याएको भन्दै आचार्य कृष्ण दमाई, पण्डित गणेश प्रसाद पन्त र पत्रकार लाल बहादुर एसकेलाई कदर पत्र सहित सम्मान गरेको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले तीनै जनालाई टिका लगाई खादा लगाएर सम्मान पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा उनले संविधान र कानुनले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिसकेको भए पनि समाजका विभिन्न तहमा अझै विभेदका घटना देखिनु दुःखद रहेको भन्दै जातीय भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले समावेशी विकास, सामाजिक सदभाव तथा समान अवसरलाई प्राथमिकतामा राखेर गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । जात, धर्म, लिङ्ग वा समुदायका आधारमा कुनै पनि नागरिक विभेदमा पर्न नहुने भन्दै उनले स्थानीय तहबाट सामाजिक रूपान्तरण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

 

गाउँपालिका उपाायक्ष सपना राना चौधरीले समाजमा अझै विद्यमान जातीय विभेदका सोच र व्यवहारलाई परिवर्तन गर्न परिवार, विद्यालय र समुदायस्तरबाट सचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले दिवसको औचित्यमाथि प्रकाश पार्दै जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताए । ‘जातिय विभेद तथा छुवाछुत उन्मूललनका लागि कानूनी व्यवस्था मात्र पर्याप्त हुन्न’, उनले भने, ‘व्यवहारगत परिवर्तन, सामाजिक जागरण र सबै पक्षको सक्रिय सहभागिताबाट मात्र विभेदमुक्त समाज निर्माण गर्न सकिन्छ ।’

 

“जातीय भेदभाव र छुवाछुत रहित समतामूलक, सभ्य र समुन्नत राष्ट्र निर्माण गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी तथा सरोकारवाला सहभागी भएका छन् ।

लालझाडी गाउँपालिकाको आयोजना,आदिवासी जनजाति संघ अन्तर्गत समावेशी गुणस्तरीय शिक्षा परियोजनाको समन्वय तथा खुलासा मिडिया हाउस धनगढीको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरीएको छ । खुलासा मिडियाका प्रबन्धक करन ताम्रकारले कार्यक्रमको सहजिकरण गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज