Advertisement

samachar

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचित भएका छन् । अध्यक्ष र सचिव पदका लागि शनिबार मतदान भएको हो । अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको मतदानमा भोजराज पाठक र धन सिंह महराको बराबर १५/१५ मत आएपछि गोला प्रथाबाट अध्यक्ष चयन गरिएको छ । गोलाप्रथाबाट भोज राज पाठक अध्यक्ष चयन भएका छ्न । अध्यक्षमा पाठक, महरा सहित भुपेन्द्र बहादुर बिष्ट र आनन्द प्रसाद जोशी उम्मेदवार थिए । एसोसिएसनको सचिवमा रोसन लाल चौधरी निर्वाचित भएका छ्न । चौधरीले २५ मत ल्याएका छ्न । उनका प्रतिद्वन्द्वी मदन बहादुर कुवरले २० मत ल्याएका छ्न् । एसोसिएसनको कार्यालयमा बिहान ७ बजेदेखि मतदान भएको हो । बारमा ५४ मतदाता थिए । उपाध्यक्ष पदमा त्रिपुरा भट्ट, कोषाध्यक्षमा सुरेन्द्र प्रसाद उप्रेती, सदस्यमा ...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि सुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज पब्लिक स्कूल र लिटिल स्टार विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा सनराइजले महाकाली मोडर्न लाई २० रनले पराजित गर्दा विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ स ५२ रन बनाएको हो । सनराइजका ब्याट्सम्यान आश्वन भट्टले नट आउट ९२ रन बनाएका थिए । वलिङ तर्फ महाकाली मोडर्नका विवेक साउदले सर्वाधिक २ विकेट लिए । १ सय ५३ रनको लक्ष सहित जवाफी ब्याटिङ गरेको महाकाली मोडर्न १५ दशमलव १ ओभरमा अल आउट हुदै १ स ३२ रनमा समेटिएको हो । महाकाली मोडर्नका आकर्ष भट्टले १५ बलमा ३४ रन बनाउन सफल भए । वालिङ तर्फ सनराइजका राजेन्द्र गिरिलो ४...
भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

भारतको कुशीनगरमा बन्धक बनाइएका ३४३ पुरुष र ११० महिला गरी ४५३ को उद्धार, उद्धार गरीएका मध्ये अधिकांस सुदूरपश्चिमका

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक रहेका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ । भारतीय प्रहरीको सहयोगमा रूपन्देही प्रहरीले शुक्रबार उद्धार गरेर शनिबार नेपाल ल्याएको हो । उनीहरुमध्ये १ सय १० महिला र ३ सय ४३ जना पुरुष रहेका छन् । जसमा अधिकांस सुदूरपश्चिम प्रदेशका रहेका छन् । सुभअवसर ग्रुप नेपाल संस्था, भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले कुशीनगरबाटै उद्धार गरेको हो । आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले नेपालका विभिन्न जिल्लाका युवायुवतीलाई कुशीनगर पुर्‌याएर बन्धक बनाइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश र रूपन्देही प्रहरीले अपरेसन सुरू गरेको थियो ।   बन्धक बनाउने गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‌याउने र त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेख...
एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ । पार्टीले संगठन सुदृढीकरण, जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ । एमाले कञ्चनपुर जिल्लाको ईञ्चार्जमा कृपारामा रानालाई जिम्मेवारी दिईएको छ । त्यसैगरी एमालेले कैलाली जिल्लाको इन्चार्जमा कमलाकुमारी ओली, दार्चुलामा गणेशसिंह ठगुन्ना, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई जिम्मेवारी दिएको छ। यस्तै, बाजुराको इन्चार्जमा लालबहादुर थापा, बैतडीमा लिलाधर भट्ट, डोटीमा चक्रबहादुर मल्ल र बझाङमा अफिलाल ओखेडालाई जिल्ला इन्चार्ज तोकिएको छ। नव नियुक्त इन्चार्जहरूले सम्बन्धित जिल्लामा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा राजनीतिक गतिविधिको समन्वय गर्नेछन्। पार्टीले जिल्लागत संगठनलाई थप सक्रिय र प्रभ...
एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आफ्ना २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीले ‘अन्तर पार्टी निर्देशन–२’ ‘अपानि–२० जारी गर्दै केन्द्रदेखि प्रदेश, जिल्ला र पालिका तहसम्म नेताहरूको जिम्मेवारी निर्धारण गरेको हो । पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनपरिचालनलाई प्रभावकारी बनाउने तथा पार्टी गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यसहित एमालेले ‘मिसन पार्टी जागरण’ अभियानलाई तीव्र रूपमा अघि बढाउने रणनीति लिएको जनाएको छ। छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेश, खगराज अधिकारीलाई गण्डकी प्रदेश, यामलाल कँडेललाई कर्णाली प्रदेश, शेरधन राईलाई कोशी प्रदेश, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश, महेश बस्नेतलाई बागमती प्रदेश तथा दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ। सोही अभियानलाई सफल बनाउन केन्द्रीय सदस्यहरूलाई विभिन्न भूगोल तथा संगठनात...
राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका छन् ।   रावलले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्ता जिम्मेवार बन्नुपर्ने बताए । उनले संविधानमार्फत स्थापित संघीय शासन प्रणालीले जनताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अझै पनि सुशासन, पारदर्शिता र जनउत्तरदायि...
भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि हुने अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गर्ने छन् । विद्यालयले बिहीबार ट्रफी अनावरण एबं पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नगरपालिका भित्रका ४ सामुदायिक र १४ संस्थागत गरी १८ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । उद्घाटन खेल शनिबार बिहान साढे ७ बजे फ्लोरिडा र आयोजक टिम बीच हुने सहायक प्रिन्सिपल हरीश ठगुन्नाले जानकारी दिए । दोस्रो खेल दिउँसो ३ बजे लिटिल बुद्ध र रेडियन्ट बीच हुनेछ । त्यसै गरी आइतबार बिहान साढे ७ बजे सनराइज भर्सेज महाकाली मोडर्न र दिउँसो ३ बजे लिटिल स्टार भर्सेज ज्ञानोदय पब्लिकको प्रतिस्पर्धा हुनेछ । सोमबार मर्निङ भर्सेज वैजनाथ मावि, डाईमण्ड भर्सेज शान्ति निकेतन, इन्टरनेसन...
सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

सुप विश्वविद्यालयको उपकुलपतिमा डा राजकुमार साउद लगायत १८ जना बीच प्रतिस्पर्धा हुने

Breaking News 1, samachar, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि कञ्चन विद्या मन्दिर कलेजका प्राचार्य डा राजकुमार साउद सहित १८ जनाको आवेदन स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १८ जना निवेदकको निवेदन स्वीकृत भएको हो । १८ निवेदन मध्ये महिलाको एउटा पनि निवेदन छैन । त्यसैगरी कृष्ण प्रसाद पाठक, चेत राज भट्ट, दिनेश शाह, शेखर अर्याल, राजेन्द्र जोशी, जगत कृष्ण पोखरेल, राम प्रसाद घिमिरे, अग्नि राज कोईराला, डमरु चन्द्र भट्ट, खेम राज जोशी, पदम राज जोशी, हेमु काफ्ले (खरेल), महेश कुमार जोशी, एक राज ओझा, विष्णु विलास अधिकारी, राम सागर पंडित र  किशन दत्त भट्टको निवेदन स्वीकृत भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११...
पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

पत्रकार महासंघले गर्यो पूर्व अध्यक्षसहितका पत्रकारलाई सम्मान, कोको भए सम्मानित ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पूर्व अध्यक्ष सहितका पत्रकारलाई सम्मान गरेको छ । मंगलबार २२ औं साधारण सभाको अवसरमा पत्रकार महासंघ कञ्चनपुरले पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी, बिष्णु अवस्थी, माधव धामीलाई सम्मानित गरेको छ । त्यसै गरी युवा पत्रकारिता र सशक्त पत्रकारिता विधामा पनि ४/३ जना पत्रकारलाई सामान गरेको छ । युवा पत्रकारिता पुरस्कार राजेन्द्र बिष्ट, बल बहादुर डगौरा, राजेन्द्र  पनेरु र हरीश चन्द्र बाग एबं सशक्त पत्रकारिता पुरस्कार भवानी भट्ट, शेर बहादुर सिंह र दुर्गा उपाध्यायलाई प्रदान गरिएको छ । त्यसैगरी महाकाली समाचार केन्द्रका सञ्चालक नारायण चन्दलाई पत्रकारिता क्षेत्रमा विशेष सहयोग पुर्याएको भन्दै सम्मान गरेको छ । पत्रकार कल्याणकारी कोष स्थापना गर्न सहयोग गर्ने कञ्चनपुर उद्योग बाणिज्य संघ र उद्योग व्यापार परिसंघ कञ्चनपुरलाई पनि सम्मान पत्र प्रदान गरि...
२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

२२ विद्यालयसँग भीमदत्त नगरपालिकाले माग्यो स्पष्टीकरण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — अत्यधिक गर्मीका कारण बिदा घोषणा गरिएका दिनमा समेत विद्यालय सञ्चालन गरेको भन्दै भीमदत्त नगरपालिकाले एक सामुदायिक विद्यालयसहित २२ वटा विद्यालयसँग स्पष्टीकरण माग गरेको छ । नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म तीन दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णयको अवज्ञा गर्दै केही विद्यालयले पठनपाठन सञ्चालन गरेको गुनासो आएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको हो । नगरपालिकाले जारी गरेको पत्रमा बिदासम्बन्धी सूचना अवज्ञा गरी विद्यालय सञ्चालन गरिएको हो वा होइन ? यदि गरिएको हो भने किन गरिएको हो ? भन्ने विषयमा दुई दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको छ । स्पष्टीकरण सोधिएका विद्यालयमध्ये २१ वटा संस्थागत तथा एउटा सामुदायिक विद्यालय रहेका छन्  । नगरपालिकाले अन्य विद्यालय बन्द रहेका बेला ती विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था किन आयो भन्नेबारे समेत स्पष्ट पार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज