Advertisement

पत्रकार खेम भण्डारी कारागार चलान, अदालतद्धारा कैद मिलानको माग अस्वीकार

महेन्द्रनगर – बरिष्ठ पत्रकार खेम भण्डारीलाई कारागार चलान गरीएको छ । गाली बेइज्जती मुद्दामा अदालतको फैसला कार्यान्वयनका क्रममा बिहीबार बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेका उनलाई कारागार चलान गरीएको हो । जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई २०८२÷०२÷०१ गते १ महिना कैद सजाए र १० हजार जरिवानाको फैसला सुनाएको थियो । भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाई कैद मिलान गरिपाऊँ भन्दै कानुन व्यवसायीमार्फत कञ्चनपुर जिल्ला अदालतमा निवेदन दिएका थिए । तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार चलाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।

ओझाका अनुसार रकम बुझाएर कैद मिलान गर्ने व्यवस्था पहिलोपटक कैद सजाय पाएका प्रतिवादीका हकमा मात्र लागू हुने कानुनी प्रावधान छ। भण्डारी यसअघि पनि कैद सजाय पाइसकेकाले उक्त सुविधा प्राप्त गर्न नसकेको उनले बताए।
उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले २०८२÷१२÷२२ गते जिल्ला अदालतको फैसला केही उल्टी गर्दै थप ७ दिन कैद र २ हजार १०० जरिवाना थप गरिदिएको थियो । जसअनुसार पत्रकार भण्डारीले कुल १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० जरिवाना तिर्नुपर्ने छ ।
पछिल्लो पटक निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित समाचारलाई लिएर दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालतले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।

किरण विष्टले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा आफूलाई जोडेर भ्रामक समाचार लेखेको भन्दै पत्रकार भण्डारी विरूद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

किरण तत्कालीन एसपी तथा एसएसपीबाट रिटायर्ड दिल्लीराज विष्टका छोरा हुन् ।
यसअघि पनि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय भएको थियो।
वि।सं। २०७५ साउन १० गते साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्किएकी किशोरी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। बहुचर्चित उक्त हत्या प्रकरणका वास्तविक दोषी अहिलेसम्म पहिचान हुन सकेका छैनन्।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउपछि पत्रकार भण्डारीलाई जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज