प्रेस सेन्टर कञ्चनपुरद्वारा बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग
Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–लामो समय देखि स्वास्थ्य समस्याबाट पीडित पत्रकार सूजित सिनाललाई प्रेस सेन्टर कञ्चनपुरले आर्थिक सहयोग गरेको छ। मङ्गलबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष अरुण भट्टले आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो।
प्रेस सेन्टरका अध्यक्ष अरुण भट्टले ‘श्रमजीवी पत्रकार लाई गम्भीर खालको स्वास्थ्य समस्याले पीडा दिएकाले संगठनले तत्काल उपचारका लागि सक्दो सहयोग गरेको छ ।’, भन्नुभयो । उहाँले आगामी दिनमा उपचारमा कमी नहुने गरी सक्दो आर्थिक सहायता गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ। साथै अध्यक्ष भट्टले पत्रकार र सम्बन्ध सम्बद्ध निकायलाई कमजोर आर्थिक अवस्था भएका पत्रकार सिनालको उपचारमा सहयोगका लागि अपिल गर्नुभएको छ ।
पत्रकार सुजित सिनाल शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार हुन् । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न मिडियामा काम गर्दै आउनु भ...

















