Advertisement

भृकुटी माविमा अध्ययन गरेका १२ विद्यार्थी सरकारी सेवामा प्रवेश गर्दै

महेन्द्रनगर – महेन्द्रनगरको मुटुमा रहेको भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा अध्ययन गरेका १२ विद्यार्थीले लोक सेवाले लिएको परिक्षा उत्तिर्ण गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि २०८१/०८२ मा खोलेको विज्ञापन अन्तरगत भृकुटी मावि महेन्द्रनगरबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग अध्ययन गरेका १२ जनाले पाचौ तहमा एकै पटकमा नाम निकाल्न सफल भएका हुन ।

उनीहरुले लोकसेवाद्धारा लिईएको परिक्षाको अन्तिम चरण अन्तरवार्ता पास गरी पोष्टिङको तयारीमा रहेको विद्यालयका ईन्जिनियरिङ्ग संकायका संयोजक चक्र बहादुर महराले बताए ।

 

‘यसै विद्यालयबाट तिन बर्षे डिप्लोमा तहको ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढेका १२ जना विद्यार्थीले यस बर्ष नेपाल विद्युत प्राधिकरणमा नाम निकाल्न सफल भएकाछन्,’ उनले भने ‘अभिल्लो बर्षपनि १३ जनाले नाम निकालेर विद्युत प्राधिकरणको विभिन्न वितरण केन्द्रहरुमा कार्यरत रहेकाछन् यो विद्यालयको लागि निकै नै ठूलो सफलता हो ।’

उनका अनुसार सुरेन्द्र जोशी, सागर भट्ट, मदन टुकुरिया, दिनेश चन्द्र ओझा, निशा ओझा, समिर दास, प्रदिप कुँवर, राजेश चौधरी, पारस जोशी, हरिस धामी, कपिल जोशी र दिपेश अवस्थीले २०८१/०८२ विज्ञापन अन्तरगत नेपाल विद्युत प्राधिकरण पाँचौ तहमा नाम निकालेका हुन ।
त्यसैगरी भृकुटीमाविबाटै तिन बर्षे ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पास गरेका विशेष शाह, सन्तोश खडायत, दिपक चौधरी, महेश अवस्थी, रोहित बोहरा, मदन टुकुरिया, हरिश महरा, हरीश धामी, लोकराज जोशी, ओम प्रकाश जोशी, रविन्स भट्ट नेपाल विद्युत प्राधिकरणका विभिन्न पदमा कार्यरत रहेका छन् ।

भृकुटी माध्यमिक विद्यालयबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढेका विद्याथीहरु सरकारी तथा निजि कम्पनीहरुमा जागिर गरीरहेको विद्यालयका संयोजक महराले बताए । उनका अनुसार २५ जना सरकारी सेवामा प्रवेश गरेका छन भने विभिन्न जलविद्युत आयोजनाहरु चमेलिया, बुढीगंगा, दार्चुलाको नयाँ हाईड्रोपावर, पूर्व मध्य भोटेकोशी हाईड्रोपावर कम्पनीहरुमा कार्यरत रहेका छन् ।

भृकुटीमा तिनबर्षे, २ बर्षे ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग सहित कक्षा नर्सरी देखि कक्षा १२ सम्मको पढाई भईरहेको छ । भृकुटीमा २०७५ सालदेखि ईलेक्ट्रोनिक ईन्जिनियरिङ्गको पढाई हुदै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज