प्रेस स्वतन्त्रता र सरकारी विज्ञापन विभेदविरुद्ध पत्रकार महासंघ कञ्चनपुर शाखाको घोषणा पत्र
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार महेन्द्रनगरस्थित ममता पार्टी प्यालेसमा सुरु भएको साधारण सभा विभिन्न निर्णय तथा सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष सुरेश सिंह धामीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री प्रकाश रावल, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, पत्रकार महासंघका निवर्तमान अध्यक्ष माधव सिंह धामी, पूर्व अध्यक्ष युवराज घिमिरे, लक्ष्मण तिवारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
साधारण सभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार सुरक्षा, सञ्चारमाध्यमप्रति सरकारी दृष्टिकोण तथा पत्रकारका पेशागत हकहितका विषयमा छलफल गरिएको महासंघले ...




















