महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो
महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १० कुतियाकबरस्थित जोगबुडा नदी र महाकाली नदी दोभान नजिक बाढि र माटो कटान रोक्न जलस्रोत तथा सिँचाई व्यवस्थापनले ठेक्कामार्फत निर्माण गरेको तटबन्ध आकाशे पानीका कारण भुक्षय हुदा ढलेको हो । ८ सय मिटर लामो उक्त तटबन्ध शंकर कन्स्ट्रक्सनले ५ करोडमा निर्माण गर्ने गरी गत चैतमा सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अनुसार नै तोकिएको समयसिमामा निर्माण सम्पन्न गरेको थियो ।
तटबन्धको अन्तिमतिरको ३० मिटर जति भाग ढलेको छ ।
महाकाली र जोगबुडा नदी कटान रोक्न निर्माण गरिएको तटबन्ध बस्ती र खेतबारीमा आकाशबाट खसेको पानी कारण ढलेको देखिन्छ । बस्तीबाट बगेको पानीले तटबन्धको पछाडीको माटो जति बगेको छ । माटो बगेपछि तटबन्ध बस्तीतर्फ ४५ डिग्रिको कोण्मा ढलेको छ ।
...




















