Advertisement

अर्थ

महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन

महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुने भएको छ । विगत बर्ष जस्तै यस बर्ष पनि महाकाली साहित्य संगमको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो । शनिबार महाकाली साहित्य संगमले पत्रकार सम्मेलनको आयोजना गरी आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने जानकारी दिएको छ । संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए । अध्यक्ष जोशीका अनुसार वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् । कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाली मौलिक संस्कृति आक्रमणमा परेको उल्लेख गर्दै संरक्षणमा जोड दिन...
शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रदर्शन

शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रदर्शन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरमा शिक्षा विधेयक विरुद्ध निजी विद्यालय संगठन प्याब्सन, एनप्याब्सन, हिसान र एएफनमा आवद्ध विद्यालयहरुले स्कूल बस प्रदर्शन गरेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका हुन् । भीमदत्त नगरपालिका ३ भाँसीबाट सुरु प्रदर्शन महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरिएको छ । भाँसीबाट ट्राफिक चोक हुँदै प्रशासन कार्यालय भएर महाकाली अस्पताल रोड हुदै बजार परिक्रमापछि भानु चोकामा पुगेर सकिएको छ । भानु चोकमा विद्यालयका सवारी साधन आ–आफ्नो विद्यालय फर्किएका छन् । विद्यालय शिक्षा विधेयकमा समवोश क्रमशः गैर नाफा मुलक बनाइने र पूर्ण छात्रबृत्तिको प्रावधान लिएर आन्दोलित छन् । एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत...
बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर –१० स्थीत सार्कीटोलमा ‘छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम’ सम्पन्न गरीएको छ । शुक्रबार स्वीट नेपालको सहकार्य तथा बेदकोट नगरपालिका वडा नं. १०को आयोजनामा वडाभित्रका सबै छाउगोठ भत्काएपछि स्थानीय बासिन्दालाई छाउपढी कुप्रथाकाबारेमा थप सचेतना प्रदान गर्ने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो । बेदकोट १०को वडा कार्यालयले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गत साउन महिनामा विभिन्न टोलमा रहेका २३ वटा छाउगोठ भत्काएको थियो । वडा नं. १० का वडा अध्यक्ष रतन बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउपढी गोठहरु धार्मिक नभएको कारण स्वस्फुर्तरुपमा भत्काएकाले स्थानीयहरुमा धन्यवाद व्यक्त गरे । ‘विभिन्न सामाजिक कार्यक्रर्ताहरुको अगुवाईमा स्थानीयहरुले आफैले छाउप...
चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापन करन भट्टले थुप्रै कार्यक्रम भएको बताए । उनका अनु्सार वन, पर्यावरण, बन्यजन्तुको सरक्षण, प्रर्बद्धन, सम्र्बद्धनका साथै उपभोक्ताहरुको हकहितका लागि थुप्रै कार्यक्रम गरेको जनाएका छन । आगामी आर्थिक बर्ष ०८२/०८२का लागि २करोड ६०लाख बराबरको बजेट समेत प्रस्तुत गरेका छन । बार्षिकोत्सवमा स्वागत मन्तव्य राख्दै चुरे सरक्षण सञ्जाल नेपालका सदस्य राजेन्द्र सिह भण्डारीले चुरे सरक्षणका लागि सञ्जालले थुप्रै सरक्षणका कार्यक्रम गरेकाले आगामी दिनमा पनि गर्ने भन्दै सरो...
जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो । कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्...
बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ती नाथले गाँउपालिकाको गाडीे दुरुपयोग भइरहेको जानकारी दिएकी छन् । उपाध्यक्ष नाथले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि गाँउपालिको गाडीको दुरुपयोग बारे जानकारी गराकी हुन् । सोमबार सामाजिक संञ्जाल फेसबुकमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु ! अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरीएको अडियो भाईरल बनेको थियो । सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले अगाडि भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन । ! साला कसैलाई रात, बिहान पुर्याउने ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’ उपाध्यक्ष नाथले उक्त अडियोको स...
महालक्ष्मी बिकाश बैकका म्यानेजरसहित चार जना कर्मचारी पक्राउ, रकम अपचलनगरि अन्लाईन जुवा प्लेटफोर्म वनएक्स ब्याटमा लगानि

महालक्ष्मी बिकाश बैकका म्यानेजरसहित चार जना कर्मचारी पक्राउ, रकम अपचलनगरि अन्लाईन जुवा प्लेटफोर्म वनएक्स ब्याटमा लगानि

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला –महालक्ष्मी बिकाश बैकका चार जना कर्मचारी पक्राउ परेका छन । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका हुन् । ठूलो रकम अपचलन गरेको अभियोगमा बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्तलाई प्रहरिले नियन्त्रणमा लिएको छ । महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । चारै जना कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय रुपैयाँ अपचलन भएको पाइएको छ । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेको थियो । बैंकले गरेको प्रारम्भिक अनुस...
बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट

बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा जंगली हात्तिले गाउबस्तीमा पसेर साढे चार विगाह जमिनमा लगाएको धानबाली नष्ट गरेको छ । शुक्रबार विहान २ बजेतिर बेदकोट नगरपालिका वडा नंम्बर १० चथरीका किसानहरुले लगाएको धानवाली नष्ट गरेको हो । वडा नंम्बर १० का वडा अध्यक्ष रतन विष्टले हात्तिले धानबाली नष्ट गरेको खवर गरेपछि अस्थायी प्रहरी पोष्ट दैजीबाट ७ किलोमिटर टाढा रहेको चथरीमा प्रहरी सहायक हवल्दार दिपक नागरीको कमाण्डमा ३ जनाको प्रहरी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िडिएसपि सागर बोहराले जानकारी दिए । उनका उनका अनुसार आठ जना किसानको साढे चार विगाह धानबाली पूर्णरुपमा नष्ट गरेको छ । रमिला राना, मिना राना र लक्ष्मण डगौराको १०÷१० कट्टा जमिन, सिता देवी कठायतको ५, पुरन चुनारा, रुपया चुनारा, सुर आग्री र राम चुनाराको प्रति अढाई कट्टा जमिनमा लगाएको धानबाली नष्ट गरीएको डि...
महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे साधनमा रोक

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे साधनमा रोक

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो । महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाउदै आएको छ ।...
बेदकोट नगरपालिकाका नगर प्रमुखको सचिवालयका कर्मचारी विदा नलिई भ्रमणमा

बेदकोट नगरपालिकाका नगर प्रमुखको सचिवालयका कर्मचारी विदा नलिई भ्रमणमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत करार कर्मचारी विदा नलिई एक हप्तालामो विदामा बसेका छन् । नगरपालिकाको करार कर्मचारी अर्थात नगर प्रमुख बोहराको सचिवालनमा कम्प्युटर सहायक अपरेटर पदमा कार्यरत कर्मचारी प्रकास कलौनी विदा नमागिकनै थाईल्याण्डको एकहप्ता लामो बैदेशिक भ्रमण गरेका हुन् । साउन ९ गतेदेखि बिदा नलिईकनै कलौनी थाईल्याण्डको भ्रमणमा गएको खुलेको हो । नगरपालिकाले साउन ९ गतेदेखि कार्यालयमा हाजिर नभएको र लिखितरुपमा विदा पनि नलिएको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी केशव दत्त भट्टले नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारी कलौनीद्धारा विदाका लागि कुनै पनि भौतिक निवेदन पेश नगरीएको जानकारी दिए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले पनि कलौनीले फोनबाट आफु पर्सनल कामविशेषले बाहिर जानलागेको कुरा जानकारी गराएता पनि विदा नलिएको बताए । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज