Advertisement

बेदकोट नगरपालिकाका नगर प्रमुखको सचिवालयका कर्मचारी विदा नलिई भ्रमणमा

महेन्द्रनगर–बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत करार कर्मचारी विदा नलिई एक हप्तालामो विदामा बसेका छन् । नगरपालिकाको करार कर्मचारी अर्थात नगर प्रमुख बोहराको सचिवालनमा कम्प्युटर सहायक अपरेटर पदमा कार्यरत कर्मचारी प्रकास कलौनी विदा नमागिकनै थाईल्याण्डको एकहप्ता लामो बैदेशिक भ्रमण गरेका हुन् । साउन ९ गतेदेखि बिदा नलिईकनै कलौनी थाईल्याण्डको भ्रमणमा गएको खुलेको हो । नगरपालिकाले साउन ९ गतेदेखि कार्यालयमा हाजिर नभएको र लिखितरुपमा विदा पनि नलिएको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी केशव दत्त भट्टले नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारी कलौनीद्धारा विदाका लागि कुनै पनि भौतिक निवेदन पेश नगरीएको जानकारी दिए । त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले पनि कलौनीले फोनबाट आफु पर्सनल कामविशेषले बाहिर जानलागेको कुरा जानकारी गराएता पनि विदा नलिएको बताए ।

निजामति कर्मचारी कार्यविधि अनुसार अपझट(क्याजुअल) विदा बाहेक अन्य विदाका लागि कर्मचारलिे विदा बस्नुभन्दा अगाडि विदा प्रयोजनसहितको निवेदन दिएर स्वीकृत गराएरमात्रै बस्नुपर्ने प्रावधान रहेको छ । उक्त नियमको कर्मचारीले उल्लघन गरेको ठहरेमा कार्यालय प्रमुखले विदा नलिई कार्यालय नआउने कर्मचारीको हाजिरमा रातो लगाई(गयलगरी) तलव काट्नका लागि लेखामा सिफारिस गर्न सक्ने प्रावधान रहेको छ ।
नगरपालिकाका कर्मचारी कलौनीले आफु एक हप्ताको भ्रमणमा थाईल्याण्ड गएको कुरा सामाजिक सञ्जाल फेसबुक वालमा पोष्ट गरेका थिए । भने उनले आईतबार मात्रै आफु थाईल्याण्डबाट फर्किसकेको भन्दै काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय विमास्थलका फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । तर आईतबार उनी कार्यालय भने उपस्थीत भएका छैनन् । हाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगर प्रमुख भोजराज बोहराको सचिवालयमा कार्यरत कलौनी नेकपा एमालेका तर्फबाट निर्वाचित निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दको सचिवालमा कृषि सहायक पदमा कार्य गरेका थिए । पछि चन्दको कार्यकालको अन्तिमतिर आएर नगर कार्यपालिकाको बैठकको निर्णणबाट करार कर्मचारीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज