Advertisement

बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

महेन्द्रनगर – बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ती नाथले गाँउपालिकाको गाडीे दुरुपयोग भइरहेको जानकारी दिएकी छन् । उपाध्यक्ष नाथले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि गाँउपालिको गाडीको दुरुपयोग बारे जानकारी गराकी हुन् ।
सोमबार सामाजिक संञ्जाल फेसबुकमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु ! अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरीएको अडियो भाईरल बनेको थियो ।

सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले अगाडि भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन । ! साला कसैलाई रात, बिहान पुर्याउने ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’

उपाध्यक्ष नाथले उक्त अडियोको सन्दर्भबारे पत्रकार सम्मेलनमा स्पष्ट पारेकी छन् । आफु कामले बेलौरी जान लागेको भन्दै ड्रँईभरलाई पुगाईदिन आग्रह गर्दा समेत ड्राईभरले अध्यक्षलाई सोध्नुपर्ने भन्दै आनाकानी गरेको बताईन । उनका अनुसार सो कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष नै उपस्थित हुनुपर्ने भनिएपनि अध्यक्षले जान मानेका थिएनन ।

उनले भनिन ‘म बेलौरी एनएनएसडब्लुए को आयोजनामा भईरहेको कार्यक्रम जान ला थे । लालझाडी र बेलडाँडी गाउपलिका अध्यक्ष उपाध्यक्ष सहित विनि लाई बोलाईएको थियो । सो कार्यक्रममा पुर्याई दिन ड्रईभरलाई भनेको हु । मलाई पुगाउन पनि अध्यक्षलाई सोध्नुपर्ने भनेपछि मैले गाडी कसै व्यक्तिको हैन, पलिकाको गाडी हो । गाडी यसरी चलाउन भएन । काम विशेष मात्र बाहिर जाने हो । अध्यक्षले पनि नियम विपरित गाडी चलाउन पाएन । मैले बताउने हो । धेरै कुरा बताउनु परे त्यसैलाई समाएर सबै कुरा बताउछु भन्न खोजेकी हु । मेरो भनाईलाई तोड मरोड गरि गलत प्रचार भयो । ‘

ड्राईभरले उनलार्ई पुगाउन नमानेपछि गाडीको चाबी लगेर नाथ बेलौरी गइन । अनि सामाजिक संञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो अडियो । ‘रातको समय होटल,रक्सी भट्टीमा गाडी सहित पुग्ने । एकदम दुरुपयोग गर्न लागे गाडीे । अस्ती रातिको ९ बजेसम्म बेदकोटको रेग्मी होटलमा थियो गाडी । गाडीको दूरुपयोग बढेपछि हेर्ने जिम्मा लिएकी छु । कामले बाहिर जान नपाउने तर दुरुपयोग बढ्दै गएपछि चाबी आफुले राखेकी हु ‘ उनले भनिन ।

गाडी विदाको दिनमा समेत चल्ने गरेको उनको दाबी छ । ५ वडा रहेको गाँउपलिकामा गाडी मर्मत र तेल खर्च अत्यधिक रहेको उनले बताइन । काम त्यति धैरै नहरेको गाँउपलिकाको गाडी २४ घण्टा कसैको स्वास्नी बोक्ने कसैको घास बोक्ने , रक्सी बोक्ने , चुरोट बोक्ने गरेको उनको आरोप छ । गाडीमा उनले चुरटको डब्बा नै फेला पारेको समेत बताईन ।
‘काम गर्दा गाडी नदिने ,नहुने । व्यक्तिका लागि जतिबेला नि गाडी जतिबेला नि हुने भएपछि मैले चाबी खोसेको हूँ ‘ नाथले भनिन ‘अस्ती विदाको दिन शेभाताल लगे ,त्यहा बाट महेन्द्रनगर गए । विदाको दिन पनि गाडी चलेकै हुन्छ ।‘ गाँडीको तेल र मर्मत खर्च पलिकाले धान्नै नसक्ने गरि ४२ लाख आएको उनको भनाई छ ।

उनले आफुले प्रदेशबाट पाउनु पर्ने सेवा सुविधा नलिएको दाबी गरिन । उनले हामि गाँउपलिका अन्तरगतका जति पनि जनप्रतिनिधिलाई घर आउजाउ गर्न इन्धनको खर्च ९ हजार दिइएको छ, त्यसको आफुले निजि गाडीमा पेट्रोल हाल्ने गरेको बताईन । उनले प्रदेशको कानुनमा आपुmलाई स्कुटी, १२५ लिटर पेट्रोल, १० लिटर मोविल गाडी मर्मत सबै पलिकाले गर्ने रहेपनि आफुले उक्त सुविधा नलिएको बताईन् । गाउँपालिका अध्यक्ष हरीशचन्द्र रानाले आफ्नो नाममा अभिलेखिकरण गरीएको गाडी पालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी सबैले आवश्यकताको आधारमा मात्रै चलाईरहेको बताए । अध्यक्ष राना गाडीको दुरुपयोगको विषयमा केहि बोलेनन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज