Advertisement

चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

महेन्द्रनगर – चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापन करन भट्टले थुप्रै कार्यक्रम भएको बताए । उनका अनु्सार वन, पर्यावरण, बन्यजन्तुको सरक्षण, प्रर्बद्धन, सम्र्बद्धनका साथै उपभोक्ताहरुको हकहितका लागि थुप्रै कार्यक्रम गरेको जनाएका छन । आगामी आर्थिक बर्ष ०८२/०८२का लागि २करोड ६०लाख बराबरको बजेट समेत प्रस्तुत गरेका छन । बार्षिकोत्सवमा स्वागत मन्तव्य राख्दै चुरे सरक्षण सञ्जाल नेपालका सदस्य राजेन्द्र सिह भण्डारीले चुरे सरक्षणका लागि सञ्जालले थुप्रै सरक्षणका कार्यक्रम गरेकाले आगामी दिनमा पनि गर्ने भन्दै सरोकारवालाको साथ समर्थन आवश्यक रहेको औल्याए । लेखा सदस्य भोजराज जोशीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै सञ्जालले लेखा पारदर्शीता राखेको बताए ।

कार्यक्रममा सरक्षणकर्मीहरुले चुरे सरक्षण सञ्जाल नेपालले कञ्चनपुर र डडेल्धुराको चुरे क्षेत्र बचाउनका लागि महत्वपूर्ण भूमिका निर्वाहका कामकाज गरेको भन्दै प्रसंसा गरेका छन । बैतडा सामुदायिक वनका अध्यक्ष तोयराज अवस्थीले सञ्जाल मार्फत दुई जिल्लाको चुरे सरक्षणमा टेवा पुगेको बताए । बच्छेला सामुदायिक वनका अध्यक्ष विष्णूराम दमाईले चुरे सरक्षणका साथै उपभोक्ताहरुलाई समेत सेवा दिनुपर्नेमा जोडदिए । तराई भूपरिधी कार्यक्रम(ताल)का सहजकर्ता शेर बहादुर चौधरीले चुरे सरक्षणका लागि सञ्जालसग समन्वय गरेर अघि बढने जनाएका छन । सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष धर्मानन्द पन्तले स्थानीय सरकारले सरक्षणमा रहेका सामुदायिक वनमाथि अन्याय गरेको र सो कार्य रोक्न आग्रह गरेका छन । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सरक्षणका क्षेत्रमा चुरे सरक्षण सञ्जाल नेपालको भूमिका निर्वाहमा जोडदिएका छन । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले चुरे सरक्षणको विकल्प नभएकाले जलवायु सन्तुलिन राख्न, प्राकृतिक विपदीबाट बस्ती जोगाउन चुरे सरक्षणको विकल्प नभएको बताए । कार्यक्रममा सञ्जालका पदाधिकारी, सदस्य एव सरक्षणकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज