Advertisement

महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुदै, परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन

महेन्द्रनगर : महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव हुने भएको छ । विगत बर्ष जस्तै यस बर्ष पनि महाकाली साहित्य संगमको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा गौरा महोत्सव आयोजना हुने भएको हो । शनिबार महाकाली साहित्य संगमले पत्रकार सम्मेलनको आयोजना गरी आगामी भाद्र १२ गतेदेखि महेन्द्रनगरको खुलामञ्चमा महोत्सव सुरु हुने जानकारी दिएको छ । संगमका अध्यक्ष हरिशप्रसाद जोशीले सम्पदा संरक्षण र सांस्कृतिक गौरवलाई उच्च राख्ने उद्देश्यका साथ यस बर्ष पनि विगत बर्षझै गौरा महोत्सव आयोजना गर्न लागिएको बताए ।
अध्यक्ष जोशीका अनुसार वर्षको महोत्सवमा परम्परागत डेउडा नृत्य, गितीकथा वाचन, लोकसंगीत र वाद्य प्रदर्शन लगायत विविध कार्यक्रम समावेश हुने छन् । कार्यक्रमका वरिष्ठ उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले नेपाली मौलिक संस्कृति आक्रमणमा परेको उल्लेख गर्दै संरक्षणमा जोड दिनुपर्ने बताए । ‘हाम्रो संस्कृतिमाथि आक्रमण भइरहेको छ, मूल स्वरुप समाप्त हुनेतर्फ अग्रसर छ । त्यसैले सांस्कृतिक सम्पदा जोगाउँदै गौरव बढाउने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गौरा पर्वले परापुर्वकालमा पनि महिलाहरुको शसक्तिकरपणका लागि पार्वतीले आवाज बुलन्द गरेको कुरा पुनतार्जकि गर्ने गर्दछ ।’
सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति अझै घरभित्र मात्र सीमित रहेको उल्लेख गर्दै रावलले यसलाई समाजमा सकारात्मक रुपमा प्रस्तुत गर्नुपर्ने बताए । ‘हामीलाई छाउपडी र देउकी प्रथा मात्र मान्ने ठाउँका मानिस भनेर चिन्छन् । तर, दिदीबहिनी भेट्ने र एकता मिलनलाई पर्वका रुपमा मनाउने परम्परा हाम्रो गौरव हो। यसलाई स्थापित गर्न सकेनौं भने हाम्रो मौलिकता हराउने खतरा छ,’ रावलले थपे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज