
नेपाली सेनाको बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना लाभान्वित
महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउपालिकामा सेनाले सञ्चालन गरेको एक दिने बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना सेवाग्राही लाभान्वित भएका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना अन्तरगत कञ्चनपुरको श्री २५ नम्बर बाहिनी भगतपुरले लालझाडी गाउपालिका वडा नं. २ स्थीत भानु माध्यमिक विद्यालयमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरबाट ५ सय १६ महिला र ३ सय १८जना पुरुष गरी ८ सय ३४ जनाले निशुल्करुपमा स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।
लालझाडी गाँउपालिका वडा नं. ३ की बेद कुमारी रानाले लामोसमय देखि छाति दुख्ने, हातखुट्टा दुख्ने समस्य रहेकोमा स्वास्थ्य शिविरबाट लाभ मिलेको बताउनु भयो । ‘छाति दुख्ने, हातखुट्टा दुख्ने समस्या थियो, डाक्टरलाई देखाए अनि औषधि पनि दिएको छ,’ रानाले भन्नुभयो ‘यो शिविर राम्रो लाग्यो, औषधि पनि निशुल्क पाईयो खुसीलाग्यो ।’
लालझाडी गाउपालिका वडा नं. २ कञ्जाका ईन्द्रा बडायकले पनि गाउमै वि...