नयाँ खबर
शुक्रबार (आज) दिउँसो करिब २:३० बजे दोधारा–चाँदनी नगरपालिका–१ स्थित स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन्।

दक्षिण दिशाबाट उत्तर तर्फ जाँदै गरेकाे सु.प.प्र. ०२००१ क ०५९८ नम्बरकाे टिप्परले साेहि दिशा तर्फ गइरहेकाे UK06AS7930 नम्बरकाे माेटर साइकललाई ठक्कर दिदा दुर्घटनामा परि माेटर साइकल सवार स्थानीय अन्दाजी १४/१५ बर्षका विवेश चुनाराको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका नरेश लुहारको उपचार भइरहेको छ।

टिप्पर चालक फरार रहेकाे छन् । घटनापछि स्थानीयवासीमा शोकको वातावरण छाएको छ । उक्त दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन स्थानीयले सम्बन्धित निकायसंग माग गरेका छन्।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।