Advertisement

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन भएको छ । शुक्रबार होली फेमली स्पोर्टसका अध्यक्ष भूपाल सिंह विष्टको अध्यक्षता एवं क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यतामा एक औपचारीक समारोहकाविच क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रमको समापन गरीएको हो ।

क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षणबाट सरकारी र संस्थागत विद्यालयका साढे तिन सय जना विद्यार्थी लाभान्वीत भएका छन् । समापन कार्यक्रममा तालिम तथा प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । प्रमुख अतिथि क्यान अध्यक्ष चतुर बहादुर चन्दलगायत अभिभावकहरुले खेलाडीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

 

नेपाल क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेट तथा खेलकुद क्षेत्रमा होली फेमलीले गरेको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरुलाई आफ्नो क्षमता निखारता ल्याउन र क्षमता पहिचान गर्न सहयोग पुग्ने बताए । उनले यस्ता तालिमहरुबाट खेलाडीहरुमा उत्प्रेरणा दिनुका साथै खेलाडी उत्पादनमा महत्वपूण सहयोग पुग्ने बताए ।

एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका संस्थापक भुपाल सिह विष्टले स्पोर्टसको ग्राउण्डमा ६ वटा पिच निर्माण गरी बाह्रै महिना क्रिकेट तालिम दिने बताए ।
एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका संस्थापक भुपाल सिह विष्टले खेलकूद विकासका लागि एकेडेमीको स्थापना गरेका हुन ।

समापन कार्यक्रममा होली फेमलीका फाउण्डर आरती देवी विष्ट, उपाध्यक्ष महादेव प्रसाद भट्ट, सुदूरपश्चिम क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, कञ्चनपुर क्रिकेट संघका सचिव विशाल शोनार, विष्ट समाज कञ्चनपुरका अध्यक्ष भवानी सिंह विष्ट लगायत अभिभावक, विद्यार्थी, शिक्षक समापन कार्यक्रममा सहभागी भए ।

एकेडेमीले विगत दुई बर्षदेखि निशुल्क खेलकुद तालिम तथा प्रशिक्षण दिदै आईरहेको छ । तालिम यहि बैशाख २ गतेदेखि ११ गतेसम्म संञ्चालन गरीएको थियो । कार्यक्रमको संञ्चालन हरीस सिंह ठगुन्नाले गरेका थिए । खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आएको होलीफेमली एकेडेमीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन गरीसकको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज