नयाँ खबर
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश अन्तर्गत जोगबुडा प्रादेशिक अस्पतालले विभिन्न पदका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि करार सेवामा पदपूर्ति गर्न अस्पतालले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
सूचना अनुसार मेडिकल अधिकृत(आठौं तह) पदमा ४ जना माग गरिएको छ। यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, हेल्थ असिस्टेन्ट(पाँचौं तह) ५ जना, स्टाफ नर्स(पाँचौं तह) १२ जना, फार्मेसी सहायक २ जना, ल्याब टेक्निसियन ३ जना, रेडियोग्राफर १ जना तथा कम्प्युटर अपरेटर २ जनाको माग माग गरेको छ । यी सबै पदका लागि सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको नियमअनुसार योग्यता पुगेको हुनुपर्नेछ।
आवेदन दिने उम्मेदवारको उमेर सहायक स्तरका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तथा अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ। आवश्यक कागजातसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिन सकिने जनाइएको छ।
दरखास्त शुल्क अधिकृत तहका लागि एक हजार र सहायक तहका लागि पाँच सय तोकिएको छ। आवेदन फाराम सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिने र आवश्यक कागजातसहित इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।