नयाँ खबर
महेन्रिद्रनगर – रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाले प्राणघातक रोग बाफतको बीमा सुविधा अन्तर्गत दोधारा चादनीका शिक्षक भुवन बिहारी पन्तलाई ४ लाख रुपैयाँ भुक्तानी गरेको छ । उनले रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा २०८२ साल जेठ महिनामा ४ लाख रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । बीमा सम्झौता अनुसार प्राणघातक रोगसम्बन्धी सुविधा समेत समावेश रहेकाले सोही सुविधा अन्तर्गत उनलाई ४ लाख रुपैयाँ बराबरको रकम उपलब्ध गराइएको हो ।
उनी नोबेल एकेडेमी दोधारा चाँदनी शिक्षक हुन । उनलाई मिर्गौला सम्बन्धी घातक रोग पुष्टी भएको थियो । उक्त रकम उनले पढाउने विद्यालयमा हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण कार्यक्रमा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र प्रसाद भट्ट, सिनियर एजेन्सी मेनेजर नरेन्द्र बहादुर महता, एजेन्सी मेनेजर गगन बहादुर खत्री,एजेन्सी मेनेज अर्जुन सिंह कुवर र बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।