बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार
महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती कमजोर एव आर्थिकरुपमा पछाडि परेका, अतिविपन्न, गरीव, दलित समुदायका मानिसहरुलाई सहयोग गर्दै आईरहेकी उपाध्यक्ष नाथले सोमबार मानिसिक रोगबाट पिडित १३ बर्षिया बालिका आदित्य सुनारको उद्धार गरी दृष्ट्रि फाउण्डेसनमा उपचारका लागि बुझाएकी हुन् । मानसिक रोगले पिडित आदित्य सुनार विरामी भएदेखि सडकपेटीमै बास हुदै आएको थियो । कैलालीको धनगढी उप महानगरपालिका १३मा रहेको दृष्ट्रि फाउण्डेसनले मानसिक रोगबाट बाट पिडित, सडकका बेसहारा, महिला, बृद्ध, बालबालिकाहरुको उपचार र हेरचाह गर्दै आईरहेको छ ।
उपाध्यक्ष नाथले दृष्ट्रि फाउण्डेसनमा बस्दै आएकाहरुका लागि ५० केजि चामल र १० केजि शखरसमेत सहयोग गरेकी छन् । उक्त सहयोग दृष्ट्रि फाउण्डेसनका कार्यालय प्रमुख कल्पनालाई हस्तान्तरण गरेका छन् । यो...




















