Advertisement

वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

महेन्द्रनगर— वन नीतिगत जटिलता र कार्यान्वयनको समस्याविरुद्ध कञ्चनपुरमा वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिको नेतृत्वमा विभिन्न वन उपभोक्ता समूहहरूले डिभिजन वन कार्यालय कञ्चनपुरमा २४ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्।
ज्ञापनपत्रमार्फत उपभोक्ताहरूले वन ऐन, नियमावली तथा कार्यविधिमा रहेका जटिल प्रावधानहरूले काठ–दाउरा संकलन, वितरण र वन व्यवस्थापनमै अवरोध सिर्जना गरेको गुनासो गरेका छन्। उनीहरूले वर्तमान व्यवस्था उपभोक्तामैत्री नभएको भन्दै व्यवहारिक सुधार नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्।
उपभोक्ता समूहहरूले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी कार्यान्वयन, काठ–दाउराको सहज उपलब्धता, तथा वन पैदावारको पारदर्शी मूल्य निर्धारणको माग गरेका छन्। त्यस्तै, वन कार्ययोजना स्वीकृति प्रक्रिया ढिलो र जटिल भएको भन्दै त्यसलाई छरितो बनाउनुपर्ने, तथा स्थानीय तहसँगको समन्वयमा देखिएका अवरोध हटाउनुपर्ने उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा वनजन्य उद्योग सञ्चालनमा सहजीकरण, उपभोक्ता समूहको अधिकार सुनिश्चितता, र अनावश्यक प्रशासनिक हस्तक्षेप अन्त्य गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। उपभोक्ताहरूले वन क्षेत्रबाट हुने आम्दानी पारदर्शी बनाउन र समूहहरूको क्षमता अभिवृद्धि गर्न समेत माग अघि सारेका छन्।
ज्ञापनपत्र बुझ्दै डिभिजन वन कार्यालय कञ्चनपुर का प्रमुख बन् अधिकृत लक्ष्मी राज जोशीले मागहरूबारे अध्ययन गरी आवश्यक पहल गर्ने जनाएको छ। तर, उपभोक्ता समूहहरूले माग सम्बोधनमा ढिलाइ भए थप सशक्त आन्दोलनमा उत्रिने संकेत दिएका छन्।

उक्त ज्ञापनपत्र सामुदायिक वन उपभोक्ता महासंघ, साझेदारी वन उपभोक्ता महासंघ तथा निजी वन व्यवस्थापनसँग सम्बन्धित विभिन्न संस्थाहरूको संयुक्त पहलमा बुझाइएको हो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज